विदुर बस्नेत÷जेठ १, सोलुखुम्बु
वडा जनप्रतिनिधिको निधन भएपछि थुलुङ्ग दुधकोशि गाउपालिका १ नेलेको सेवाप्रवाह १ दिन बन्द रहने भएको छ । स्थानीय चुनावबाट निर्वाचित वडासदस्य कर्मा शेर्पाको निधन भएपछि वडाकार्यालयले जेठ २ गते आईतबार अत्याबश्यकसगै संपूर्ण काम बन्द गर्ने भएको हो ।
बैसाख ३० गते बिहिबार पेटको क्यान्सरका कारण उपचाररत वडासदस्य शेर्पाको निधन भएपछि उहाको सम्झनामा १ दिन वडा कार्यालय पूर्णरुपमा बन्द गर्ने निर्णय गरिएको वडा अध्यक्ष घनराज सुनुवारले जानकारि दिनुभयो । ।यस्तै गाउपालिका स्थापनाकालदेखि नै वडा र गाउपालिकाको उत्थान र विकासका लागि स्व। शेर्पाले पुर्याएको योगदानप्रति वडा कार्यालयले सदैव उच्च मुल्यांकन रहने जनाएको छ । वडाकार्यालयले शेर्पाको निधनले समग्र वडालाई नै अपूरणिय क्षति पुगेको भन्दै भावपूर्ण श्रद्धान्जलि तथा परिवारजनमा गहिरो समवेदना ब्यक्त गरेको छ ।