अनुज खड्का
बैशाख ३१, सोलुखुम्बु
कोरोनाको पहिलो लहरले विश्व तरंगित भईरहदा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाटै भनिदिए बेसारपानी खाएपछी कोरोना सोरोना केहीपनि हैन । नेपालीको ईम्युनिटी पावर धेरै भएकाले हामीलाई कोरोनाले छुनै सक्दैन । अझ एउटा अन्तरवार्ता वा छलफलका दौरानमा त उनले चिकित्सकिय विश्लेषण सहित भाइरस निर्जिब तत्व हो, तर यस निर्जिब तत्वको बाहिर हुने बोसिय एवम फ्याटिय तत्वले यसलाई जिबित रुपमा सकृय गराइदिन्छ भनेर समेत अभिब्यक्ती दिन भ्याए । कोरोनाको पहिलो लहर ओलीले भनेजस्तै पनि भयो । केहि नेपालीहरू यसको चपेटामा त आए, तर बेसार पानीले नै उनिहरूले यो भाईरसको संक्रमणलाई ठेगान पनि लगाईदिए । सुरुमा बेसारपानीले आलोचना खेपेका ओलीको त्यसपछी भने उनको बिषयबिज्ञताको खुबै चर्चा पनि भयो । उनले नेपालीको खानपानलाई लिएर गरेको बिश्लेषण तत्कालका लागि सत्य नै साबित भयो । ईटली जस्तो स्वास्थ्य संयन्त्र भएको देश, अमेरिका जस्तो शक्तीसम्पन्न राष्ट्र समेतलाई उत्तानो पारेको भाईरससङ्ग नेपालीले सजिलै जित हासिल गर्यो र मृत्युदरलाई शुन्यमा नै राख्न सफल भयो । यसले अन्ताराष्ट्रिय जगतमा समेत नेपाल सरकारको वाहावाहि हुन थाल्यो ।
बिस्तारै समय बित्दै गयो । नेपालमा अब कोरोना नै छैन भने झै बन्द रहेका सबै ब्यबसायहरू पुनः संचालनमा आए । मानिसको दैनिकी बिस्तारै सामान्य बन्दै गयो । यहि बिचमा सत्ता समिकरणमा तालमेल नमिलेपछी दुई ठुला कम्युनिष्ट दलहरूको एकता फुटको संघारमा पुग्यो, पार्टिभित्रको आन्तरिक कलहका कारण प्रधानमन्त्री ओलीले संसद बिगठन ठोकिदिए । तब देशका राजनितिक दलहरूको शक्ती प्रदर्शन शुरुभयो । कोरोना भाईरसका कारण लामो समयसम्मको लकडाउनमा राजधानीमा अलपत्र परेर हिड्दै घर पुगेका मानिसहरू धमाधम गाडिमा काठमान्डौ ओसारिन थाले । काठमान्डौमा एक किसिमले भन्ने हो भने मानव सागर नै उर्लियो । यसको सुरुवात प्रचण्ड र माधव नेपालहरूले गरेपनि अन्त्य भने सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीले नाइ गरिदिए । यो त्यहि समय थियो जतिखेर हाम्रो छिमेकी देश भारतमा कोरोनाको दोस्रो लहरको संक्रमण क्रमश फैलिरहेको थियो । यहि समयमा नेपालका राजनितिक दलहरूको जुङ्गाको लडाई भने हेर्न लायक थियो । दिनैपिच्छे ४।५ वटा आम सभा र मानिसहरूको भेलामा सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओली सहित माधब कुमार नेपाल, झलनाथ खनाल र पुष्पकमल दाहाल प्रचण्डहरू कम्मर कसेर लागेका थिए । एकपक्षले संसद बिगठनलाई असंबैधानिक भन्दै सडक तताए भने ओली एक्लैले त्यसको प्रतिवाद गरिरहे । प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेस भने आन्दोलन गर्ने पैसा कहाबाट ल्याउनु भन्दै सामान्य धर्ना र बिरोधका कार्यक्रमहरूमा मात्र खुम्चियो ।
कालान्तरमा यस बिबाद सर्बोच्चले संसद बिगठनको निर्णय बदर गरिदिएपछी टुङ्गियो । त्यसपछी नेकपाको आधिकारिकताको सवालमा फेरी मानिसलाई भेला गर्ने र एकले अर्कोलाई अनाधिकृत साबित गर्ने वा आ-आफ्नै केन्द्रिय समिति तथा जिल्ला कमिटि बनाउने काम सुरु भयो । यसलाई पनि अदालतले नै रिसिराम कटेलको नेकपालाई बैधानिकता दिदै एमाले र माओवादीलाई आ-आफ्नै कित्तामा छुट्टाएर समाधान गरिदियो । त्यसपछी राजनितिक माहोल केहि शान्त भयो । यतिखेर भारतमा भने नया भेरियन्ट सहितको कोरोनाले आतंक मच्चाईरहेको थियो र नेपालका सिमावर्ती केहि जिल्लाहरूमा समेत यो संक्रमण देखीईसकेको थियो । यस्तो अवस्थामा सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीले फेरी भनिदिए अब बेसार पानीले मात्र हुदैन त्यसैले बेलाउतीको पात समेत पकाएर खानु कोरोनाले छुदैन । उनले पहिले पनि ह्याच्छिउ गरेर कोरोनालाई उडाईदिन आग्रह गरेका थिए, यो पटक पनि त्यस्तै आग्रह गरे ।
हुन त देशको प्रधानमन्त्रीले जनता समक्ष निराशाजनक कुरा गर्न नहोला । त्यसैले पनि उनले कोरोना भाईरसलाई हल्का रुपमा प्रस्तुत गरेका होलान । तर यसपालीको संक्रमण भने उनले भनेजस्तो हल्का भईदिएन । यसले १०-२० गर्दै दिनमा सयौ मान्छेको ज्यान लिन थालिसक्यो । मानिसहरु प्राणवायुको अभाब छटपटिदै मर्न थाले । सम्माननिय प्रधानमन्त्री ज्यू अहिलेको संक्रमणलाई न बेसारपानीले छोयो, न त बेलाउतीको पातले- यो त नेपालीको ईम्युनिटि पावर भन्दा पनि खतरनाक बनेर फिर्ता आयो । त्यसैले तपाई जस्तो बिषयबिज्ञ मान्छे यो बिषयमा पक्कै अनबिज्ञ हुनुहुन्न कि, अस्पतालमा बेड र अक्सिजन नपाअएर तड्पीतड्पी नेपाली जनता मरिरहेकाछन । यसको समाधान के बेसारपानी वा बेलाउतीको पातमात्रै हो त ?
यो भाईरसको सुरुवात चिनको वुहान प्रान्तबाट भएको थियो । तर चिनले यसलाई केहिसाता भित्रै पुर्ण नियन्त्रणमा लियो । अहिले चिन यस भाईरसबाट मुक्त रहेको छ । त्यसपछी ईटालीमा यसको प्रकोप देखापर्यो, त्यहापनि स्थिति सामान्य नै भईसकेको छ । अमेरिकाले पनि यसलाई पुर्ण नियन्त्रणमा लियो । तर नेपाल र भारत किन यसबाट अझै हायल कायल ? के यो भाईरससंग लड्ने कुनैपनि अस्त्र नभएकै हो त ? यदि त्यसो हो भने माथी उल्लेखित देशले यसलाई कसरी नियन्त्रण गर्न सके ?
लकडाउन गर्नु, मास्क लगाउनु र सेनिटाईजर दल्नु के यहि यसको दिर्घकालिन बिकल्प हो ? यदि हैन भने अल्पकालिन बिकल्पमा लामो समय खर्चिएर जनतालाई जोगी बनाउने खेल किन भईरहेको छ । आज दिनमा सयौ मान्छे मरिरहेका छन । बिस्तारै यो तथ्याङ्क दिनानुदिन उकालो लागिरहेको छ । देशमा अस्किजन सिलिन्डर समेतको अभाव छ । अस्पतालमा बेड पाउनु भनेको ईन्द्रको आशन नै पाएभन्दा पनि मुस्किल हालत छ । यस्तो अवस्थामा बिस्वासको मत गुमाएर पनि फेरी तेस्रो पटक प्रधानमन्त्री बनिसक्नुभएका सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओली ज्यू, बेसारपानी र बेलाउतीको पातले थेग्न सकेन । अब केहि प्रभावकारी अस्त्र फ्याक्नुहोस । नत्र तपाईका स्वास्थ्य सम्बन्धी सल्लाह र सुझाबहरू, आयुर्बेद सम्बन्धीको तपाईको बिशेष दख्खल र बिश्लेषण केवल हावादारी गफ प्रमाणित हुनेछन ।