६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

माप्य दुधकोशी : पछिल्लो २४ घण्टामा १२ जनामा संक्रमण पुष्टि



सोलुखुम्बु – सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकामा पछिल्लो २४ घण्टामा १२ जनाको कोरोना संक्रमित थपिएका छन् ।

शंकास्पद लक्षण देखिएका तथा कोरोना संक्रमितको कन्ट्रयाक ट्रेसिङमा परेका ६० जनाको एन्टिजेन परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य शाखा संयोजक जितेन्द्र यादवले जानकारी दिए । यो संगै माप्य दुधकोशीमा संक्रमितको संख्या ४० पुगेको छ ।

साथै कोरोना संक्रमितलाई मास्क सेनिटाईजर, शक्तिवर्दतक औषधि र साबुन वितरण गरिएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ५ : ०३ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.