५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

कोरोना संक्रमणका कारण ज्यान गुमाएका राईको २ दिनपछी आज अन्त्यष्टि



सोलुखुम्बु – सोलुखुम्बुमा कोरोना संक्रमणबाट मृत्यु भएका एक पुरुषको अन्त्यष्टी गरिएको छ । नेपाली सेनाको निगरानीमा स्वास्थ्य मापदण्ड पालना गरि मृतकका परिवार र आफन्तले फाप्लु स्थित राई समुदायले प्रयोग गर्दै आएको घाटमा अन्त्यष्टी गरिएको प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिए ।

पाँचथर घर भएका ३८ वर्षिय मिलन राईको उपचारका लागि झापा लैजादै गर्दा विहिबार बाटैमा मृत्यु भएको थियो ।

उनको अन्त्यष्टि हिजै गर्न खोजिएको भ​एपनी ठाउ नपाउदा समस्या भ​एको थियो । अन्त्यष्टिका लागि उपयुक्त ठाउको खोजीमा रहेका सोलुदुधकुण्ड नगरपालिकाका जनप्रतिनिधि र जिल्ला प्रशासन कार्यालयको टिली रातीसम्म पनि उपयुक्त ठाउ फेला पार्न नसकेपछी राईको हिजो अन्त्यष्टि हुन नसकेको हो ।

बुधबार राती जिल्ला अस्पतालबाट रेफर गरेर झापा लैजादैगर्दा घुर्मी पुगेपछी उनको ज्यान ग​एको थियो । जिल्ला अस्पताल फाप्लुमा अक्सिजनको सहायतामा राखिएको राईलाई झापा लैजादैगर्दा बाटोमै अक्सिजन सकिएपछी उनको मृत्यु भ​एको हो ।

बिहिबार बिहान नै उनको शबलाई जिल्ला ल्याईएको भ​एपनि अन्त्यष्टि गर्ने ठाउको अभावमा हिजो दिनभर शब गाडिमै राखिएको र आज मात्र उनको अन्त्यष्टि गरिएको हो ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ४ : ५४ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.