६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

सोलुखुम्बुमा आज ३० जनामा कोरोना संक्रमण पुष्टि, कुल १४९ संक्रमित



सोलुखुम्बु :  सोलुखुम्बुमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ सय १९ जनाको पीसीआर परीक्षण गर्दा ३० जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।  सोमबार नेचासल्यान गाउँपालिका र सोलु दुधकुण्ड नगरपालिकाका शंकास्पद लक्ष्यण देखिएकाहरुको स्वाब संङकलन गरि परीक्षणका लागी प्रदेश प्रयोगशाला बिराटनगर पठाइएको थियो ।

संक्रमण पुष्टि हुनेमा  नेचासल्यान गाउँपालिकामा  १ महिला र १ पुरुष रहेका छन । यस्तै  सोलु दुधकुण्ड नगरपालिकाका २१ पुरुष र ७ महिला रहेको स्वास्थ्य कार्यालय सोलुखुम्बुका कोरोना फोकल र्पसन  राम कुमार बिश्वकर्माले जानकारी दिनुभयो । यो सगै जिल्लामा कोरोना संक्रमितको संख्या १४९ पुगेको छ । #सोलुएमएम

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ३ : ५६ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.