१२ माघ २०८१, शनिबार | Sat Jan 25 2025

सगरमाथा आरोहणका क्रममा दुईजनाको ज्यान गयो



सोलुखुम्बु – सगरमाथा आरोहणका क्रममा दुई विदेशी आरोहीको मृत्यु भएको छ । स्विट्जरल्यान्डका आरोही अब्दुल वाहिड वारैच र अमेरिकी आरोही लिउ पुवेईको आरोहणकै क्रममा बिहीबार मृत्यु भएको सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार उनीहरू ट्राभल एजेन्सी सेभेन समिटबाट सगरमाथा आरोहणका लागि गएका थिए ।

स्विट्जरल्यान्डका वारैच समिट गरेर साउथमा आएर बसेका थिए । त्यहाँबाट उठेर हिड्न नसकेका उनको बसेकै ठाउँमा मृत्यु भएको हो । त्यहाँ शेर्पा पठाउँदा समेत जान नसकको श्रेष्ठले बताए ।

अमेरिकन आरोहीको हिलारीस्टेप पुगेपछि स्नोब्लाइन्ड भएको र क्याम्प ४ मा ल्याउदै गर्दा मृत्यु भएको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए ।

#हिमाल समाचार

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  २ : ४१ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.