९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

उपचार ढिला भ​एर बच्चाको ज्यान ग​एको भन्दै आफन्तद्वारा जिल्ला अस्पताल फाप्लुमा तोडफोड



 

अनुज खड्का
बैशाख ३०, सोलुखुम्बु

सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुमा तोडफोड भ​एको छ । पखाला लागेको बच्चाको उपचार ढिला हुदा ज्यान ग​एको भन्दै आक्रोशित आफन्तले अस्पताल तोडफोड गरेका हुन ।

तोडफोडमा संलघन ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अन्य केहिलाई पनि नियन्त्रण लिने प्रहरीको भनाई छ । जिल्ला अस्पतालले कोभिड-१९ को संक्रमणका कारण आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको अवस्थामा बच्चाको उपचार ढिलाईका कारण ज्यान ग​एको भन्दै उनका आफन्त आक्रोषित बनेका हुन । आक्रोशित आफन्तले अस्पताल झ्यालढोका लगायतका भौतिक संचना तोडफोड गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अस्पतालमा ३ बर्षे बालकको मृत्यु भ​एको हो । बच्चा सोलुदुधकुण्ड नगरपालिकाको रहेको बताईएको छ । यसको थप बिबरण आउन बाकी रहेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  २ : ०५ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.