५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

मृतक राईलाई कोरोना पोजेटिभ, आर्मीद्वारा अन्तिम संस्कार



अनुज खड्का
बैशाख ३०, सोलुखुम्बु

अस्पताल लैजादैगर्दा बाटैमा मृत्यु भ​एका सल्लेरीका ब्यापारी मिलन राईको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले दिएको जानकारी अनुसार उनमा कोरोना संक्रमण पुष्टि भ​एको हो ।

बिगत ३ दिन अघिदेखि जिल्ला अस्पताल फाप्लुमा भर्ना गरेर उपचार गराईरहेका राईलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो । उनको स्वास्थ्य अवस्था जटिल देखिएपनि जिल्ला अस्पताल हिजो राती १२ बजे राईलाई  बिराटनगर रेफर गरेको थियो । तर अस्पताल पुग्न नपाई आधा बाटोमै उनको ज्यान ग​एको हो ।

अहिले राईको शब जिल्ला ल्याईदै गरेको जनाईएको छ । जिल्लामा उनको शबलाई नेपाल आर्मीले अन्तिम संस्कार गर्ने भ​एको छ । अन्तिम संस्कारका लागि सोलुदुधकुण्ड नगरपालिकासंग ठाउको निम्ति समन्वय भईरहेको प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम शाहिले जानकारी दिनुभयो । ३८ बर्षिय राई सल्लेरीमा लामो समय अगाडि देखि तरकारी पसल र सवारी मर्मत केन्द्र संचालन गरेर बसेका थिए । उनको स्थाई घर भने पाँचथर रहेको जानकारी प्राप्त भ​एको हो । कोरोना संक्रमणका कारण ज्यान गुमाउने सोलुखुम्बुका उनि पहिलो संक्रमित हुन ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  १ : ३० बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.