अनुज खड्का
बैशाख ३०, सोलुखुम्बु
सोलुखुम्बुको नेचासल्यान गाउपालिकामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुरुमा संक्रमण देखिएका २ जनाको कन्ट्र्याक ट्रेसिङ र स्वस्थ्य तथा सुरक्षाकर्मी सहित २४ जनाको परिक्षण गर्दा थप २ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै गाउपालिकामा हाल ४ जना संक्रमित फेला परेका छन । अन्यको कन्ट्र्याक ट्रेसिङ र परिक्षण गरिरहेको गाउपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।