४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

सोलुखुम्बुमा १ जना सक्रमण आशंकामा उपचाररत बिरामीको मृत्यु



अनुज खड्का
बैशाख ३०, सोलुखुम्बु

सोलुखुम्बुमा १ जना  आशंकित संक्रमितको मृत्यु भ​एको छ । बिगत ३ दिन देखि जिल्ला अस्पताल फाप्लुमा उपचार गराईरहेका राई थरका एकजना ब्यापारीको  मृत्यु भ​एको हो । हिजो राती १२ बजे अवस्था नाजुक भ​एपछी रेफरल अस्पताल लैजादैगर्दा बाटोमै राईको मृत्यु भ​एको अस्पताल श्रोतले जनाएको छ । उनको स्थाई ठेगना भने अन्यन्त्र रहेको तर उनि लामो समय देखि सल्लेरीमा ब्यापार गर्दै आएको जनाईएको छ । राईको स्थाई ठेगना पाचथर भ​एको बताईन्छ । उमेर मृतक राई अनुमानित ३५-३६ बर्षको भ​एको उनलाई चिन्ने सल्लेरीका एक स्थानियले बताए ।

उनि  ३ दिन अघिदेखि कोरोनाको लक्षण देखिएर फाप्लुमा उपचार गराईरहेका थिए । उनको पिसिआर रिपोर्टका बारेमा आज साझसम्म स्पष्ट हुने जिल्ला स्वास्थ्य कार्यालयका कोभिड-१९ सुचनादाता रामकुमार बिश्वकर्माले बताउनुभयो ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ११ : ४८ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.