७ श्रावण २०८१, सोमबार | Tue Jul 23 2024

सोलुखुम्बुमा कुल संक्रमित ११९ पुगे, भर्खरै थपिए ८ संक्रमित



सोलुखुम्बु : सोलुखुम्बुमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार जिल्ला अस्पताल फाप्लुमा ११ जनाको एन्टिजेन परिक्षण गर्दा ४ महिला र ४ पुरुष गरि थप ८ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।

संक्रमित पुष्टि हुनेमा सोलुदुधकुण्ड नगरपालिका, थुलुङ दुधकोशी गाउँपालिका र नेचासल्यान गाउँपालिकाका छन् । यससँगै जिल्लामा कुल संक्रमतिको संख्या ११९ पुगेकोे छ ।

बुधबार नै माप्यदुधकोशी गाउँपालिकाका २४ जना र खुम्बु पासाङ ल्हामु गाउँपालिकाका ४ जना गरि २८ जनामा संक्रमण पुष्टि भएको छ । बुधबार एकै दिन ३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।   श्रोत : सोलु एफएम

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ८ : ४९ बजे


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.