८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

सोलुखुम्बुमा थप २८ जनामा संक्रमण पुष्टि, कुल संक्रमित १११ पुग्यो



सोलुखुम्बु : सोलुखुम्बुमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार गरिएको एन्टिजेन परीक्षणमा थप २८ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।

संक्रमण पुष्टि हुनेहरुमा खुम्बु पासाङ ल्हामु गाउँपालिकाका ४ जना र माप्यदुधकोशी गाउँपालिकाका २४ जना रहेको कार्यालयका कोरोना फोकल पर्सन रामकुमार विश्वकर्माले जानकारी दिनुभयो । उहाँका अनुसार मंगलबार ७४ जनाको एन्टिजेन परीक्षणगर्दा ११ जना पुरुष र १७ जना महिलामा संक्रमण पुष्टि भएको हो । यससँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या १११ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ६ : ४५ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.