विदुर बस्नेत÷२७ बैसाख सोलुखुम्बु
थुलुङ दुधकोशि गाउपालिकाले गाउपालिका कार्यालयबाट प्रदान हुने दैनिक सेवाप्रवाह बन्द गर्ने भएको छ । कोभिड १९ को संक्रमण सोलुखुम्बुमा पनि तिब्ररुपमा फैलिएको भन्दै गाउपालिकाले अत्यावश्यकबाहेकका सबै सेवा स्थगित गर्ने भएको हो । बैसाख २८ गतेदेखि जेठ ५ गतेसम्म अत्यावश्यकबाहेकाका सेवा प्रवाह नहुने प्रमुख प्रशासकिय अधिकृत नवदिप राईले जानकारि दिनुभयो । सेवा प्रवाहका बारेमा कुनै जानकारि लिनुपर्ने भएमा संबन्धित शाखा प्रमुखसग टेलिफोनमार्फत बुझन सकिने गाउपालिकाले जनाएको छ ।