९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

सोलुखुम्बुमा थप ६ जना संक्रमित, कुल संक्रमित संख्या ६४ पुग्यो



सोलुखुम्बुमा थप ६ जना संक्रमित भेटिए । सोलुदुधकुण्ड नगरपालिकाको २ र खुम्बु पासाङलम्हु गाउँपालिकाको ४ गरि ६ जनामा आज संक्रमण पुष्टि भएको हो । कुल ७ जनाको एन्टिजिन गर्दा ६ जनामा पोजिटिभ देखिएसङ्गै जिल्लामा कुल संक्रमित संख्या ६४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका कोरोना सुचना अधिकारी राम कुमार बिश्वकर्माले जानकारी दिनुभयो ।
हिजो संकलन गरिएका स्वाबको पिसिआर रिपोर्ट भने आज आएको छैन ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ७ : ४१ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.