६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

सोलुखुम्बुमा नेपाल -खनाल पक्षधर एमालेको धोती खुस्कियो, लाज ढाक्न हम्मेहम्मे



सोलुखुम्बु। नेकपा एमालेका नाममा समानान्तर गतिविधि सन्चालन गरेर पार्टीलाई कमजोर बनाउने रणनीतिमा लागेका झलनाथ खनाल-माधव नेपाल समूहका जिल्ला नेताहरु सोलुखुम्बुमा पहिलो नराम्रोसंग नांङ्गिन पुगेका छन।

पार्टीको आधिकारिक जिल्ला कमिटी लाई चुनौती दिंदै शनिबार घोषणा गरिएको जिल्ला कमिटीमा समाबिष्ट नेता कार्यकर्ताहरुले सार्बजनिक रुपमै आपत्ति प्रकट गर्न थालेपछि समानान्तर गतिविधि सन्चालन गरिरहेकाहरु नाङ्गिन पुगेका हुन।

पत्रकार सम्मेलनमार्फत आधिकारिकताको दावीसहित नेकपा एमाले सोलुखुम्बुका पूर्ब जिल्ला कमिटी अध्यक्षसमेत रहेका प्रदेश कमिटी सदस्य आङङिमा लामा समूहले शनिबारमात्रै १७८ सदस्यीय जिल्ला कमिटी गठनको घोषणा गरेको थियो।दोर्जी जाङ्बु लामाको अध्यक्षतामा रहेको सो समूहमा मूलधारको एमालेका मात्र नभएर माओवादी केन्द्रमा सक्रिय राजनीति गरिरहेकाहरुको नाम समेत बिना जानकारी समाबेश गरेको पाइएको छ।

नेचासल्यानदेखि खुम्बु पासाङल्हामू गाउँपालिकासम्म पनि कसैसंगको परामर्श बिना नै आफ्नो नाम कमिटीमा उल्लेख गरेको पाईएपछि उनीहरू यतिबेला तीब्र आक्रोशित छन।कतिपयले सामाजिक सन्जाल फेसबुक र कतिपयले प्रेस बिज्ञप्ति प्रकाशित गरि सो समूहले आफ्नो राजनीतिक जीवन समाप्त गर्ने उद्देश्यले कमिटीमा आफ्नो नाम समाबेश गरेको आरोप लगाएका छन् ।
खनाल-नेपाल समूहले कमिटीमा आफ्नो नाम समाबेश गरेको जानकारी पाएपछि डुफकुमार बास्तोला अध्यक्ष रहेको एमालेको आधिकारिक कमिटीका जिल्ला सदस्य रामचन्द्र कार्की र राजन राइले सबै भन्दा पहिले आपत्ति प्रकट गरेका थिए। कार्कीले सामाजिक सन्जाल फेसबुक र राइले एक युट्युब च्यानलमार्फत आफुलाई सो समूहले जिल्ला कमिटीमा राखेकोप्रति आश्चर्य प्रकट गरेका थिए।यसरी आश्चर्य प्रकट गर्नेमा अर्का जिल्ला कमिटी सदस्य इन्द्रकुमार राई पनि छन। उनले यस बिषयमा आफुसंगै कसैले पनि परामर्श नगरेको बताउंदै आफु पूर्बवत कमिटीमा नै सक्रिय रहेको रहस्यखबरलाई बताए ।

यस्तै प्रतिक्रिया महाकुलुङ गाउँपालिकाबाट खनाल-नेपाल समूहले जिल्ला कमिटीमा समाबेश गरेका स्थानीय नेताहरुको छ। आइतबार सामूहिक बिज्ञप्ति नै प्रकाशित गरेर उनीहरूले आफुहरु सो समूहमा नरहेको स्पष्ट पारेका छन् । यसरी बिज्ञप्तिमा प्रकाशित गर्नेहरुमा लालमन राई, डेगबहादुर राई, मोहनराज राई, शुभधनी राई र कुमार बिक छन् ।

बिज्ञप्तिमा उनीहरूले नेकपा एमाले जिल्ला कमिटीको नाम,लोगो र छापको दुरुपयोग गरि जिल्ला कमिटी बिस्तार गरिएको सूचनाप्रति आफुहरुको ध्यानाकर्षण भएको जनाउँदै उनीहरूले पार्टीको आधिकारिक संरचना र पदाधिकारीमाथि भइरहेको प्रहारको निरन्तरताका रूपमा यसलाई अर्थ्याएका छन्।केन्द्र र जिल्लाका केही स्वार्थी,दम्भी र अहंकारी नेताहरूको गलत चिन्तन,व्यबहार र प्रयासले सिंगो पार्टी,यससंग भविष्य जोडिएका कार्यकर्ता र जनतालाई चिन्तित तुल्याएको उल्लेख गर्दै पार्टीलाई फूटको दिशातर्फ लैजाने केहि नेताहरूको कुत्सित प्रयासविरुद्ध डटेर लड्ने प्रण समेत उनीहरूले गरेका छन् ।

यसैगरी सो समूहले नेचासल्यान गाउँपालिकाबाट जिल्ला कमिटीमा समाबेश गरेका स्थानीय नेताहरूले पनि संयुक्त बिज्ञप्ति प्रकाशित गरि आफुहरु मूलधारको नेकपा नै रहेको जनाएका छन् ।यसरी बिज्ञप्ति प्रकाशित गर्नेहरुमा राजनकुमार राई,कृष्णकुमार राई,एलिना राई,जसबहादुर राई,मणिराम थुलुङ,शुक्र किराँती र देबकी थुलुङ रहेका छन् ।

त्यस्तै,कर्मध्वज राई, पुष्प भण्डारी,कोपिल भट्टराई,एकनाथ भट्टराई,सांगेलामा राई,गणेश राई,दोमराज बास्तोला, मोहनकुमारी भट्टराई र सैनबीर राई,अमृतकुमारी राई,बालकुमार भट्टराई,शत्रुघ्न बस्नेत ,चिना शर्मा,नन्दराज बास्तोला,सुजन राई,धनप्रसाद कटेल र पार्बती निरौला राईले पनि आफुहरु घोषणा गरिएजस्तो नेपाल-खनाल समूहको जिल्ला कमिटीमा नरहेको बिज्ञप्तिमार्फत जनाएका छन।

खुम्बु् पासाङल्हामू गाउँपालिकाका लक्ष्मण अधिकारीका साथै सोताङ गाउँपालिकाका स्थानीय नेताहरूले पनि आफुहरुलाइ जिल्ला कमिटीमा राखेकोप्रति अनभिज्ञता प्रकट गरेको नेकपा एमाले सोताङ गाउँपालिका कमिटीले जनाएको छ। गाउँपालिका कमिटीले उपलब्ध गराएको विवरण अनुसार पृथु कार्की,ग्याल्जेन शेर्पा,बलबहादुर बिक,नरबहादुर राई,दाताराम गौतम,चित्रबहादुर बस्नेत, आङजाङ्बु शेर्पा,डिल्ली तामाङ,तिलास तामाङ,गगन राई,पुष्पा राई र माचिन गुरुङले पनि आफुहरु मुलधारमै रहेको स्पष्ट पारेका छन।

उता,नेकपा माओवादी केन्द्र थुलुङदुधकोशी गाउँपालिका कमिटी सदस्य खुम्बुधन राईले पनि प्रेस बिज्ञप्ति प्रकाशित गरि आफुलाई खनाल-नेपाल समूहले जिल्ला कमिटीमा राखेकोप्रति खेद व्यक्त गरेका छन्। आफ्नो ब्यक्तिगत प्रतिष्ठामा आंच पुर्‍याउने र राजनीतिक जीवन समाप्त पार्ने उद्देश्यले कथित जिल्ला कमिटीमा आफ्नो नाम समाबेश गरिएको आरोप लगाउंदै उनले आफू नेकपा माओवादी केन्द्रमै प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।

त्यस्तै माप्य दुधकोशी गाउपालिकाबाट दल बहादुर राई, डबलसिंह राई, कुमार राई, तेजबहादुर मगर, धन बहादुर राई र पेमा तेण्डी शेर्पालाई पनि राजनितिक जीवन संकटमा पार्ने गरी बिना कुनै जानकारी जिल्ला कमिटिमा राखिएको भन्दै अफवाह फैलाएको बताईएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ७ : २६ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.