अनुज खड्का
बैशाख २५, सोलुखुम्बु
सोलुखुम्बु भित्रिने प्रमुख नाका पत्तालेमा आजबाट थप कडाई गरिएको छ । जिल्ला प्रशासन कार्यालयको आदेश अनुशास आज राती १२ बजेबाट लागु हुने निशेधाज्ञाको लागि नाकामा कडाई गरिएको हो ।
अहिले पत्तालेमा भारी मात्रामा जनपथ र सशस्त्र प्रहरी परिचालन गरिएको छ । बिकास निर्माणका काममा सामान ढुवानी गर्ने सवारी, खाध्यान्न तथा तरकारी बोकेका सवारी र औशधी बोकेका सवारी बाहेक अन्य कसैलाई जिल्ला छिर्न नदिने प्रशासनको आदेश छ । सोहि आदेशको पालना गर्न र गराउन भारी मात्रामा प्रहरी परिचालन गरिएको हो ।
अहिले नाकामा सशस्त्र प्रहरी गुल्म सोलुखुम्बुबाट असईको कमाण्डमा ७ जना, जनपथबाट पनि असईकै कमाण्डमा १२ जना र ट्राफिक प्रहरी १ जना गरी कुल २० जना सुरक्षाकर्मी तैनाथ रहेका छन । प्रहरीले संक्रमण रोकथामका लागि प्रशासनको आदेश बमोजिम काम गर्ने सशस्त्र प्रहरी गुल्म सोलुखुम्बुका प्रमुख दिनेश शर्माले जानकारी दिनुभयो । जिल्लालाई कोभिड-१९ को संक्रमणको कहरबाट बचाउन प्रहरीले आफ्नो कर्तब्य पालना गरिरहेकाले नागरिकले पनि प्रहरीलाइ सहयोग गर्न सशस्त्र प्रहरी गुल्मका प्रहरी नायब उपरिक्षक शर्माले आग्रह गर्नुभएको छ ।