कोरोना संक्रमित भेटिएपछि सोलुखुम्बुको नेचासल्यान गाउँपालिका २ सल्यानलाई शिल गरिएको छ ।
गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाको अध्यक्षतामा बसेको विपद व्यवस्थापन समितिको बैठकले वडालाई एक हप्ताका लागि शिल गर्ने निर्णय गरेको हो । सो वडामा शनिबारमात्रै २ जना स्थानिय र १ जना कर्मचारीमा काेराेना संक्रमितको पहिचान भएको छ।
गाउपालिकाले संक्रमण नियन्त्रणका लागि गरेका निर्णयहरू यस्ता रहेका छन ।
निर्णय नं. १ः
विश्वभरी महामारी रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) दोश्रो लहर अन्तर्गत नेचासल्यान गाउँपालिकामा पनि केहि व्यक्तिहरुमा संक्रमण देखिएकोले अन्य व्यक्तिहरुमा कोरोना भाईरस (कोभिड–१९) फैलिन नदिन÷रोकथाम गर्नका लागि अव उपरान्त नेचासल्यान गाउँपालिकामा तपसिल वमोजिम कार्य गर्ने÷गराउने निर्णय गरियो ।
क. अतिआवश्यक काम वाहेक भिडभाड हुने स्थान, मुख्य सडक र बजारमा ननिस्कने । निस्कन परेमा अनिवार्य मास्क लगाएर मात्र निस्कने ।
ख. नेपाल सरकार स्वास्थ्य मन्त्रालयको मापदण्ड र जिल्ला कोभिड १९ संकट व्यवस्थापन समिति, सोलुखुम्बुको निर्णय अनुसार पसल संचालन गर्ने,
ग. गाउँपालिका क्षेत्रमा अत्यावश्यक कामको सिलसिलामा वाहेक दुई पाङ्गे्र सवारी साधन, नीजि तथा भाडाका सवारी साधन पूर्णत संचालन गर्न नदिने,
घ. स्वास्थ्य सुरक्षाको मापदण्डहरु पूर्णरुपमा पालन गरी औषधि पसल खुल्ला राख्ने र खाद्यन्न, होटल पसल जिल्ला कोभिड १९ संकट व्यवस्थापन समिति, सोलुखुम्बुको निर्णयानुसार कार्यान्वयन गर्ने,.साथै प्रत्येक होटल, पसलले स्वास्थ्य अवस्था मापदण्ड पुरा गर्नको लागि सावन, पानी वा स्यानीटाईजरको अनिवार्य व्यस्थापन गर्नुपर्ने ।
ङ. स्थानीय स्तरमा उत्पादित तरकारी तथा फलफूलहरु स्वास्थ्य मापदण्ड पुरा गरी विक्रि वितरण गर्न दिने, उत्पादित सामाग्री गाउँपालिका वाहिर विक्रिका लागि लानु पर्ने भएमा गाउँपालिकाले सहजीकरण गर्ने, गाउँपालिका वाहिरको तरकारी तथा फलफूलहरुलाई पूर्ण रुपमा भित्रन नदिने,
च. मृत्यु संस्कारमा घाटमा जाँदा स्वास्थ्य मापदण्ड पुरा गर्दै सकेसम्म कम संख्या उपस्थित हुने ।
छ. विवाह कार्य गर्नु परेमा १० जना मात्र रहेर आवत जावत गर्न दिने र विवाह, वर्तवन्ध, मृत्यु संस्कार र अन्य साँस्कृति कार्यक्रममा भोजभत्तेर पूर्ण रुपमा वन्द गर्ने । अन्य व्रतवन्ध लगायत कुनैपनि सांस्कृतिक कार्यक्रम गर्दा आफ्नो घर परिवार मात्र रहेर गर्ने,
ज. शंकास्पद विरामीको स्वाव संकलन, चेकजाँज गर्न र कोभिड १९ पोजेटिभ भएका विरामीसंग नजिक भएका विरामीहरुसँग कन्ट्रयाक्ट ट्रेसिङ गर्न स्वास्थ्य संयोजक, आधारभूत स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकी प्रमुख, सम्वन्धित वडा अध्यक्ष र प्रहरी प्रशासनसँग समन्वय गर्ने,
झ. गाउँपालिका वाहिरवाट आउने सवैजना होम क्वारेण्टाइनमा स्वास्थ्य मापदण्ड पुरा गरी वस्ने र घरमा नवसि वाहिर डुलि हिडेमा संक्रमण रोग ऐन २०२० अनुसार कारवाहि गर्न जिल्ला प्रशासन कार्यालयमा सिफारिस गर्ने, यी सवैको विवरण सम्वन्धित वडा अध्यक्षले राख्ने,
ञ. सवै स्वास्थ्य संस्थाहरुको ओपिडि सेवा वन्द गर्ने इमरजेन्सी सेवा (प्रसुति, अंगभंग) संचलन गर्ने र कोभिडको लक्षणसँग मिल्दोजुल्दो लक्षण देखिएका विरामी भएमा जहाँ छौं त्यहिवाट सम्वन्धित वडाअध्यक्ष सहित जनप्रतिनिधिलाई खवर गर्ने र घरमानै गएर पहिचान गर्ने, विरामीको अवस्था अनुसार चेकजाँच परीक्षण उपचारको लागि स्वास्थ्य शाखाले भुमिका निर्वाह गर्ने,
ट. कोभिड १९ पहिचान भएका संक्रमितको उपचारको लागि पालिकाभन्दा वाहिर जानुपर्ने स्थिति भएमा सवारी साधन गाउँपालिकाले व्यवस्थापन गर्ने,
ठ. स्वास्थ्य मापदण्ड, नेपाल सरकार, जिल्ला संकट व्यवस्थापन समिति र गाउँपालिकाको निर्णय कायान्वयन गर्न जनप्रतिनिधिहरु, सुरक्षाकर्मी, शिक्षक, कर्मचारी, राजनीतिक दल, उद्योग वाणिज्य संघ, होटल व्यवसायी र रेडक्रस सोसाइटिले सहयोग गर्ने,
ड. नेचासल्यान गाउँपालिका वडा नं. २ मा संक्रमितको पहिचान भएको सन्दर्भमा वडालाई कम्तिमा एक हप्ताको लागि सिल गर्ने,
ढ. गाउँपालिका भित्र संचालित सवै योजना संचालन गर्न दिने तर नयाँ कामदार ल्याउनु पर्ने भएमा ल्याउन नदिने ।
ण. नियमित औषधि सेवन गर्ने विरामीहरुले प्राथमिक स्वास्थ्य केन्द्र, सामुदायिक औषधि कार्यक्रम, सल्यानमा मार्फत सहजीकरण गर्ने,
त. खाद्यन्न सामाग्री लगायत अन्य सामाग्री वेलुका ८ वजे पछि मात्र उतार्ने ।
थ. नेचासल्यान गाउँपालिका भित्र संचालित सम्पूर्ण तालिम, गोष्ठी हाललाई स्थगित गर्ने,
द. वाहिरवाट आउनेहरुले एसएमएस र फोनवाट जानकारी गराउने,
ध. मनोमानी मूल्यवृद्धि तथा कालोवजारीकरणलाई दण्डनीय बनाउने, वजार अनुगमनको लागि अनुगमन समितिलाई सक्रिय गराउने,
न. समग्रपक्षको रिर्पोटिङ लिन वडाअध्यक्षको अध्यक्षतामा शिक्षक, कर्मचारी, स्वास्थ्य स्वयंसेविकालाई परिचालन गर्ने ।
निर्णय नं. २
विश्वभरी महामारी रुपमा फैलिरहेको कोरोना भईरस (कोभिड–१९) फैलिन नदिन÷रोकथाम गर्नका लागि ईललाका प्रहरी कार्यालय, नेचाविहिवारे, सोलुखुम्बुका सुरक्षाकर्मीवाट भएको प्रचारप्रसारको प्रंशसा गर्दै धन्यवाद दिने ।