अनुज खड्का
बैशाख २५, सोलुखुम्बु
सोलुखुम्बुमा आज थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकजना स्वास्थ्यकर्मी सहित अन्य ६ जना गरी आज थप ७ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै जिल्लामा कुल संक्रमितको संख्या ५४ पुगेको छ ।
जिल्ला अस्पताल फाप्लुमा कार्यरत डार्करुम असिस्टेन्ट सहित सोलुदुधकुण्ड गरपालिकाका १ जना र खुम्बु पासाङलम्हु गाउपालिकाका ५ जनामा आज संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका कोभिड सम्बन्धी सुचना अधिकारी राम कुमार बिश्वकर्माले जानकारी दिनुभयो ।
जिल्ला अस्पताल फाप्लुमा ३ जनाको संक्रमण पुष्टि भएको हो भने अन्य ४ जनाको खुम्बु पासाङलम्हु गाउपालिकामा गरिएको एन्टिजोन परिक्षणबाट पुष्टि भएको हो । त्यस्तै आज सोलुदुधकुण्ड नगरपालिकामा ९५ जनाको स्वाब संकलन गरिएको छ भने नेचासल्यान गाउपालिकामा २४ जनाको स्वाँब संकलन गरिएको छ । आज संकलन गरिएका स्वाँबको रिपोर्ट भने भोली आउने बताईएको छ ।
नेचासल्यान गाउपालिका १३ पुरुष र ११ महिलाको स्वाँब संकलन गरिएको हो । जसमा सुरक्षाकर्मी १ जना, ३ जना अस्पतालका सफाई कर्मचारी, ५ जना स्वास्थ्यकर्मी र १ जना गाउँपालिकाका प्राबिधिक रहेको पालिकाका स्वास्थ्य शाखा संयोजक युबराज शर्माले जानकारी दिनुभयो । आज जिल्लाभरबाट कुल ११९ जनाको स्वाँब संकलन गरिएको छ । अहिलेसम्म जिल्लाबाट ४ जनालाई अन्यन्त्र रेफर गरिएको छ ।