अनुज खड्का
बैशाख २५, सोलुखुम्बु
माधब कुमार नेपाल पक्षधर नेकपा एमाले समुहले सोलुखुम्बुमा आफ्नो जिल्ला कमिटि बिस्तार गरेको छ । सदरमुकाम सल्लेरीमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला कमिटि बिस्तार गरिएको सुचना प्रदान गरिएको हो ।
आज बिस्तारित उक्त जिल्ला कमिटिमा दोर्जी जाङ्बु लामाको अध्यक्षतामा १७८ सदस्य रहेको एमाले जिल्ला कमिटिका सचिब डिल्ली राईले जानकारी दिनुभयो । सचिब राईका अनुसार यो नै एमालेको आधिकारिक जिल्ला कमिटि हो । तर उता ओली पक्षबाट भने डुफकुमार बास्तोलाको अध्यक्षतामा एमालेको जिल्ला कमिटिप पहिल्यै गठन गरिसकिएको छ ।
सोलुखुम्बुमा ओली र नेपाल पक्षकाले एकअर्कालाई आनाधिकृत बताउदै आएकाछन । माओवादीसंग एकता हुनु पुर्व एउटै कमिटिमा रहेर काम गरिरहेका एमाले कार्यकर्ता नेकपा फुटेपछी आफैमा समेत बिभाजित देखिएका हुन ।
नेपाल पक्षले सार्वजनिक गरेको जिल्ला कमिटिः