१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

आईतबार राती १२ बजेपछि सोलुखुम्बुमा १५ दिन निशेधाज्ञा जारी



 

आईतबार राती १२ बजेबाट लागु हुने गरि सोलुखुम्बुमा पनि १५ दिनसम्म लकडाउन गरिने भ​एको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको सभाहलमा बसेको जिल्ला बिपत ब्यबस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । पछिल्लो समय सोलुखुम्बुमा पनि कोभिड-१९ संक्रमित दिनप्रतिदिन बढिरहेको भन्दै संक्रमण नियन्त्रणका लागि लकडाउन गर्ने निर्णय गरिएको हो ।

लकडाउनको अवधीमा मानिसहरूको आवत-जावतलाई पुर्ण नियन्त्रण गरिने भ​एको छ । खासगरी बाहिरी जिल्लाबाट सोलुखुम्बु प्रबेशमा कठोरताका साथ रोक लगाईने बिपत ब्यबस्थापन समितिले बताएको छ ।  यसलाई थप फैलनबाट रोक्नका लागि लकडाउन नै उपयुक्त बिकल्प भ​एको समितिको निष्कर्ष छ ।

प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम शाहिको अध्यक्षतामा बसेको बिपतको बैठकले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लाका ८ वटै स्थानिय तहका स्वास्थ्य संयोजक, जिल्ला अस्पताल फाप्लुका प्रतिनिधि, रेडक्रस र पत्रकार महासंघ समेतको प्रतिनितित्वमा कोभिड नियन्त्रण परिचालन समिति समेत गठन गरेको छ । त्यसका अलावा अक्सिजन सिलिन्डिरको यथाशक्य ब्यबस्थापन गर्ने, संक्रमितलाई स्वासप्रस्वासमा समस्या आएमा जिल्लामै अक्सिजन दिन सकिने प्रबन्ध मिलाउने, रेफर गर्नुपर्दा एम्बुलेन्स तैनाथ राख्ने यदि जिल्लामा भ​एका एम्बुलेन्सले सेवा दिन अपुग भ​एमा सरकारी सवारी पनि संक्रमितलाई उपारार्थ अन्यन्त्र लैजान प्रयोग गरिने र खुम्बुमा अड्किएका पर्यटक तथा पर्यटन कर्मचारीलाई सम्बन्धित ठेगानामा फर्काउन प्रशासनले आवस्यक समन्वय गर्ने जस्ता निर्णयहरू शुक्रबारको बैठकले गरेको हो ।

जिल्लावासीलाई २ दिनको समय दिएर आवस्यक प्रबन्ध गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । शुक्रबारको बैठकले बैंकिङ काम गर्नुपर्ने भ​ए आईतबार नै गरिसक्न पनि अनुरोध गरेको छ । अन्यथा आईतबार राती १२ बजेपछी १५ दिनका लागि लागु हुने गरी लकडाउन जारी गरिएको छ । यो लकडाउनलाई अवस्था हेरेर आवस्यकताका आधारमा थपघट गर्न सकिने जनाईएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ६ : ३३ बजे


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.