३ जेष्ठ २०८२, शुक्रबार | Sat May 17 2025

२४ घण्टामा अहिलेसम्मकै धेरै ५८ जनाको मृत्यु : ८ हजार ६५९ संक्रमित थपिए



काठमाडौं : पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको अहिलेसम्मकै सबैभन्दा धेरै ५८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये २४ घण्टामा ५८ जनाको मृत्यु भएको हो । यसअघि मंगलबार २४ घण्टामा ५५ जनाको मृत्यु भएको थियो।

मन्त्रालयका अनुसार २४ घण्टामा २० हजार ७५६ जनाको पीसीआर गर्दा ८ हजार ६०५ जना र ६१६ जनाको एन्टिजेन परीक्षण गर्दा ५४ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।

कुल २१ हजार ३७२ जनाको परीक्षण गर्दा ८ हजार ६५९ जनामा संक्रमण भएको हो । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ जना रहेका छन् । संक्रमितको कुल संख्या भने तीन लाख ५९ हजार ६१० पुगेको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा  १९ सय ९३ जनाले कोरोना जितेका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या दुई लाख ८९ हजार ७८३ पुगेको छ ।

२४ घण्टामा संक्रमण पुष्टि भएको यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो । मंगलबार ७ हजार ६६० जना संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार उपत्यकामा मात्र तीन हजार ८ सय ४९ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण बढ्दै जाँदा ५० बढी जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ६ : ०१ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.