अनुज खड्का
बैशाख २१, काठमान्डौ
नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणका कारण नेपालमा पनि ज्यान गुमाउनेको संख्या दिन प्रतिदिन बढिरहेको छ । केही समय अगाडि छिमेकी राष्ट्र भारतमा लास पोल्ने ठाउँसम्म नपाएको समाचार पढिरहदा नेपालमा त्यो स्थिती आउदैन भन्ने हामी धेरैलाई लागेको थियो । तर आईतबार आर्यघाटको दृश्य हेर्दा नेपाल पनि बिस्तारै भारतकै स्थितिमा पुगेको महसुस हुन थालेको छ ।
एक सिलिन्डर अक्सिजन नपाएर भारतमा ज्यान गुमाईरहेका मानिसहरू जस्तै नेपालमा पनि अक्सिजन र अस्पताल बेडको अभाबमा मानिसहरूले ज्यान गुमाउन थालेका छन । त्यतिमात्र हैन शबको दाहसंस्कारका लागि ठाउँ अभाव हुदा चौरमै अन्तिम संस्कार गर्नुपर्ने बाध्यता सिर्जना भएको छ ।
नेपालमा दैनिक ५/१० गर्दै अहिले कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या ३ हजार ३ सय ६२ जना पुगेका छन । अहिले दिनहु ३० जना भन्दा धेरै मानिसहरूले कोरोनाका कारण ज्यान गुमाईरहेकाछन । यो तथ्यांक दिनानुदिन बढिरहेको छ । प्रत्यक १ सय जनामा गरिएको पिसिआर परिक्षणमा करिब २ तिहाई मानिसमा संक्रमण पुष्टि हुन थालेको छ । स्वास्थ्यका दृष्टिकोणले यो अत्यन्तै भयावह स्थिती हो ।
कोरोना संक्रमण नियन्त्रण गर्नका लागि सरकारले नेपालका २२ जिल्लामा अहिले निशेधाज्ञा जारी गरिरहेको छ । तर त्यसका बाबजुद पनि संक्रमण दर भने दिनदिनै बढिरहेको हो ।
अस्पतालहरूमा बेड अभाव हुने देखि लिएर अक्सिजन नपाउने र मृत्यु भएकाहरूको अन्तिम सस्कारको लागि ठाउँ समेत अभाव हुँदै जानुले ठुलै खतराको घण्टी बजाएको मान्न सकिन्छ ।
आईतबार आर्यघाटमा मृत्यु भएका संक्रमितको अन्तिम संस्कारका लागि ठाउँ समेत पाउन मुस्किल रहेको थियो । सदा लास जलाईने ठाउँमा खाली नभएपछी केही शबहरूलाई चौरमा नै पिपिई लगाएका शब ब्यबस्थापन टोलीले अन्तिम संस्कार गरिरहेका थिए ।
अहिलेको संक्रमणले हाईप्रोफाईलका मानिसहरूलाई समेत अप्ठ्यारो पारिरहेको परिप्रेक्षमा आम नागरिकले यसको सामना गर्न असम्भब जस्तै देखिएको छ । त्यसैले स्वयम् सचेत हुनुका अलावा अन्य कुनै बिकल्प छैन ।
आईतवार आर्यघाट परिसरमा पुग्नुभएका भूमे संचारका कार्यवाहक अध्यक्ष नन्दाकुमार किराँतीका अनुसार अहिलेको संक्रमण अवस्था पहिलेको भन्दा निक्कै भयानक रहेको छ । उहाँले भन्नुभयो “नेपालमै पनि लास जलाउने ठाउँको अभाव हुन थालिसक्यो । त्यसैले नागरिक स्वयम् सचेत हुनुभन्दा बाहेक अर्को कुनै बिकल्प छैन ।”
आईतबार आर्यघाटको दृश्य देखिसकेपछी अध्यक्ष किराँतीले देशमा कोरोना संक्रमणको अवस्था हामीले सोचेभन्दा भयानक रहेको बताउनुभयो । केहिदिनमा संक्रमण अझै फैलिने र धेरै मानिसहरूले ज्यान गुमाउने खतरा रहेको उहाँको भनाई छ ।