६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

बन्यजन्तु चोरी शिकारी नियन्त्रणमा सोलु प्रहरीको सकृय​ता, एकपछी अर्को गिरोह पक्राउ



संरक्षित बन्यजन्तु चोरी शिकारी र तस्करी गर्ने गिरोह पक्राउ गर्न सोलुखुम्बु प्रहरीले एकपछी अर्को सफलता हासिल गरिरहेको छ । केहि समय अगाडी मात्रै ७ थान रेडपाण्डाको छाला सहित ३ जनालाई पक्राउ गरेको प्रहरीले यहि बैशाख १८ गते फेरी अर्को शिकारी समुहका १ जनालाई  पक्राउ गरेको हो । तत्काललाई १ जनामात्र पक्राउ गरिएको भ​एपनी  यो मुद्दामा अन्य ९ जना सहित  १० जनाको समुह नै पक्राउ हुने प्रहरीले बताएको छ । अहिले उनिहरूको सबै बिबरण प्रहरीलाई प्राप्त भईसकेकाले तत्कालै उनिहरूलाई पक्राउ गरिने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको हो ।

सोलुखुम्बुको सोताङ गाउपालिका १ पावैबाट पक्राउपरेका त्यहिका स्थानिय गंगा बहादुर गिरीको साथबाट प्रहरीले ३ थान भरुवा बन्दुक, ८ सय ग्राम बारुद, बन्दुकमा प्रयोग गरिने फलामको टुक्रा, सलाई, ४ थान मोवाईल र केहि टर्च लाईटमा प्रयोग गरिने ब्याट्रि समेत बराबद गरेको छ । जङ्गलमा ४ राउण्ड फायर भ​एको आवाज सुनेपछी तत्काल वाकुबाट खटिएको प्रहरीटोलीले सो सामान सहित गिरीलाई पक्राउ गरेको हो ।

सोलुखुम्बु जिल्ला बन्यजन्तुको सबैभन्दा आकर्षक बासस्थान भ​एकाले पनि यस्ता किसिममा चोरी, शिकारी र तस्करीलाई निरुत्साहित गर्नुपर्ने प्रहरीको भनाई छ । जसमा स्थानियले समेत समन्वय गर्न जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक कबित कटुवालले अनुरोध गर्नुभ​एको छ ।

सगरमाथा राष्ट्रिय निकुञ र मकालु बरुण राष्ट्रिय निकुञ्ज समेत यहि जिल्लामा रहेकाले बन्यजन्तुको सुरक्षामा प्रहरीको थप चासो रहेको छ । पछिल्लो समय बन्यजन्तु चोरी निकासी गर्नेका बिरुद्द प्रहरीलाई सुचना आउने क्रम पनि बढिरहेकाले यस कार्यमा लागेका जो कोहि भ​एपनि कुनैपनि बेला पक्राउ पर्न सक्ने प्रहरीले जनाएको छ । यसरी पक्राउ परेकाहरूलाई अपराधको प्रकृति अनुसार १ लाख देखि ५ लाखसम्म जरिवाना र १ बर्षदेखि १० बर्षसम्म कैदको सजाय प्रचलित कानुनमा उल्लेख रहेको प्रहरी बताउछ ।

सोताङबाट पक्राउ परेका गिरीको समुहले बिगत लामो समय देखि नै उक्त क्षेत्रमा चोरी शिकारी गर्दै आएको प्रहरीको प्रारम्भिक अनुशन्धानबाट खुलेको छ । मृग, कालिज, घोरल र बदेल जस्ता बन्यजन्तुको चोरी शिकारीमा भरुवा बन्दुकको प्रयोग हुदै आएको प्रहरीले जानकारी दिएको छ । केहि मानिसहरूले माथीबाट ढुङ्गा लडाउने र तल बसेकाले जनावरलाई भरुवा बन्दुक मार्फत निशाना बनाउदै आएका थिए । उनिहरू बिरुद्द बन्यजन्तु चोरी निकासी र अबैधानिक हातहतियार तथा खरखजनाको मुद्दा चल्नेछ । जस अन्तरगत यस अपराधमा संलघन हरेकले १० बर्षसम्मको जेल सजाय र १ लाखसम्म जरिवाना भोग्नुपर्ने प्रहरी नायब उपरिक्षक कटवालले बताउनुभयो ।

 

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  २ : १० बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.