अनुज खड्का
बैशाख १४, काठमान्डौ
बढ्दो कोरोना संक्रमणलाई न्युनिकरण गर्न नेपाल सरकारले उपत्यका सहित देशमा ९ जिल्लामा निशेधाज्ञा जारी गर्ने भएपछी गाउँ फर्किने मानिसको लर्को लागेको छ । काठमान्डौ, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले कोरोना संक्रमणलाई न्युनिकरण गर्न यहि बैशाख १६ गतेबात १ साता निशेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई मन्त्री परिसदको बैठकले शंसोधन गर्दै १५ दिन निशेधाज्ञा गर्ने निर्णय गरेसङ्गै काठमान्डौमा स्थाई बसोबास गर्दै आएका मानिसहरू गाउँ फर्किन हत्तारिएका हुन ।
सरकारले गाउँ फर्किन चाहनेलाई २ दिनको समय दिएर निशेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । जस अन्तरगत बाहिरी जिल्लाका मानिसहरू धमाधम आ-आफ्नो गाउँ फर्कदैछन । यसले गर्दा काठमान्डौका बसपार्कहरूमा मानिसको भिडभाड बढेको छ ।