६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

सोताङमा ३४ सदस्यीय (YCL) कमिटी गठन



सोलुखुम्बु ।नेकपा माओबादी केन्द्रको भातृ संगठन योङ कम्युनिस्ट लिग सोताङ गाउँपालिका कमिटी गठन भएको छ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य एबम संघीय संसद प्रतिनिधि सभाका सदस्य हेमकुमार राई ‘सुरबीर’ को प्रमुख आतिथ्यमा बिहिवार सम्पन्न भेलाले उपेन्द्र नाछिरिङ राईको अध्यक्षतामा ३४ सदस्यीय योङ कम्युनिस्ट लिग सोताङ गाउँपालिका कमिटी गठन गरिएको जिल्ला कमिटी सदस्य मोहन बस्नेतले जानकारी दिए।

कमिटीको वरिष्ठ उपाध्यक्षमा दिपनकुमार नाछिरिङ र उपाध्यक्षमा थारुसा राइ,सचिबमा योगेस बिक, सहसचिवद्वयमा सन्देश खालिङ र पदम बहादुर राई र कोषाध्यक्षमा प्रकाश राई चयन भएका छन।

कमिटीका सदस्यहरुमा अर्जुन राई,प्रदीप राई,ङिमानुरु शेर्पा,चनकुमार राई,भोजकुमार राई,दुर्योधन राई,पेशल बिक,टेकबहादुर बिक,रबिन श्रेष्ठ ,श्रीध्वज राई,सन्दीप मगर रहेका छन।

यसैगरी,बिबेक राई,मनिक राई,पदम राई,लोक बहादुर तामाङ चित्र राई, छेब राई,सहदेब राई,दिलिप राई,पेम्बा शेर्पा, रामकुमार राई,यकेश राई,चन्द्र राई,मेजर राई,सन्देश राई,निरकुमार तामाङ र नवीन राई सदस्य रहेको बस्नेतले बताए।

माओवादी केन्द्र जिल्ला कमिटीका अध्यक्ष गोम्बु शेर्पा ‘कर्ज्याङ’ र योङ कम्युनिस्ट लिगका जिल्ला संयोजक देउता बस्नेत उपस्थित सो भेलामा विभिन्न पार्टी परित्याग गरि ११० जना स्थानीय नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए।नव प्रबेशीहरुलाई सांसद राईले खादा ओढाएर स्वागत गरेका थिए।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ९ : ५२ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.