सोलुखुम्बु ।नेपाल कम्युनिस्ट पार्टी (एमाले)थुलुङ दुधकोशी गाउँपालिका वडा नं-१ को आयोजनामा नेलेमा नेकपा (एमाले ) अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
कमिटीका अध्यक्ष गोरे मगरको अध्यक्षता तथा नेकपा प्रदेश सांसद उत्तम कुमार बस्नेतको प्रमुख आथित्यतामा शनिबार सम्पन्न भेलाले पार्टी कार्यालय उद्घाटनका साथै भरत कटुवालको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी गठन गरिएको नेकपा जिल्ला कमिटी सचिवालय सदस्य तथा थुलुङ दुधकोशी गाउँपालिका इन्चार्ज वीर उदास श्रेष्ठले जानकारी दिए।
कमिटीको उपाध्यक्षमा टेकबहादुर लामिछाने र शोभा प्रधान,सचिबमा लेखराज खड्का,उपसचिवमा लामा तामाङ रहेका छन् भने सदस्यहरुमा निरकुमार बस्नेत,ड्याम बहादुर भुजेल,पदमबहादुर बिक,तिलक भुजेल,होमबहादुर बस्नेत,देबबहादुर कटुवाल,सुमित्रा राई,यानु खत्री रहेका छन्।
यसैगरी,बिकास अधिकारी ,सन्त बस्नेत,कृष्ण बहादुर भुजेल,तेन्जी शेर्पा ,लालबहादुर श्रेष्ठ,सुरबीर राई,रन्जित भुजेल,छांया प्रधान,रमेश भुजेल,रेवन्त भुजेल,दिर्घकुमारी बस्नेत रहेको श्रेष्ठले बताए ।नब गठित वडा कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई जिल्ला सचिवालय सदस्य तथा गाउँपालिका इन्चार्ज श्रेष्ठले सपथ गराएका थिए।
भेलामा पार्टी जिल्ला कमिटी सचिब शिशिर खालिङ राई तथा पार्टी नेताहरु उदय बस्नेत, गोपाल बि क, श्याम कुमार राई, आङ बाबू राई, दावा तामाङ, चतुरमान तामाङ, रामचन्द्र कार्कि, जितेन्द्र बस्नेत, ईन्द्र कुमार राई, अर्जुन राई, लगायत नेताहरुको उपस्थिति रहेको थियो बताईएको छ।