७ माघ २०८१, सोमबार | Tue Jan 21 2025

सोलुका कार्यकर्तालाई एमालेको अल्टिमेटम, पार्टी हित बिपरित काम नगर्न निर्देशन



सोलुखुम्बु । नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी सोलुखुम्बुले स्थानीय सन्चारमाध्यममा आएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यसमा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ।

दोर्जीजाङ्बु लामाको अध्यक्षतामा नेकपा(एमाले) सोलुखुम्बु जिल्ला कमिटी गठन भएको र प्रदेश कमिटीमा मनोनयन गरिएको भन्ने समाचार सार्बजनिक भएको भोलिपल्ट सोमबार एक बिज्ञप्ति प्रकाशित गरि नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटीले पार्टीलाई कमजोर पार्ने मनसायसहित जिम्मेवार तहबाट गरिएका यस्ता दुष्प्रयास अत्यन्तै दु:खद र निन्दनीय भएको जनाईएको छ।

जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोला र सचिव शिशिर खालिङद्वारा हस्ताक्षरित बिज्ञप्तिमा मनोनयन र जिल्ला कमिटी गठन गरिएको भनिएको समयमा १ नं पार्टी प्रदेश कमिटीको कुनै पनि बैठक नबसेको स्पष्ट पार्दै भ्रम सिर्जना गर्ने र सिंगो पार्टीलाई चुनौती दिने गरि आएको मनोनयनको समाचारले आफुहरु आश्चर्यचकित भएको टिप्पणी गरिएको छ।

पार्टी हित बिपरितका यस्ता गतिविधिमा संलग्न नहुन र पार्टीको मूल प्रबाहमा समाहित हुन आग्रह गर्दै बिज्ञप्तिमा मनोनयनमा परेका भनिएका नेता कार्यकर्ताहरुलाई बैशाख १० गतेसम्म सच्चिने गरि बिज्ञप्ति निकाल्न निर्देशन समेत दिएको छ।

आइतबार नेकपा एमालेको माधव नेपाल समूहले जिल्लामा लामाको अध्यक्षतामा समानन्तर कमिटी गठन गरिएको र सोताङका जुद्धबहादुर कार्की, टाप्टिङका सन्तोष थापामगर, गुदेलका नरेन्द्र राई, बेनीका दोर्जी शुसिल शेर्पा, वाकुकी सुजाता राई, बासाका बुद्धिकिरण राई, गार्माका प्रेमकुमार श्रेष्ठ र जुनबेशीका दोर्जी जाङ्बु लामा प्रदेश कमिटी सदस्यमा मनोनयन भएको जनाएको थियो।                #रहस्यखबर

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  १० : ४३ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.