३ फाल्गुन २०८१, शनिबार | Sun Feb 16 2025

माछापुच्छ्रे बैंकद्वरा सोलुखुम्बुमा सेवा बिस्तार, २ स्थानमा शाखा रहित बैंकिङ सेवा सुचारु



अनुज खड्का
बैशाख ०७, सोलुखुम्बु

माछापुच्छ्रे बैंक सल्लेरीले आफ्नो सेवा बिस्तार गरेको छ । ग्राहकको मागलाई मध्यनजर गर्दै जिल्लाको अन्य २ स्थानमा बैंकले आफ्नो सेवा बिस्तार गरेको हो ।

थुलुङ दुधकोशी र माप्य दुधकोशी गाउँपालिकामा बैंकले आफ्नो शाखा रहित सेवा सुचारु गरेको छ । जस अन्तरगत बैंकको कर्मचारी बिना नै स्थानिय प्रतिनिधि मातहत बैंकिङ कारोवार गर्न सकिने भएको छ । बैंकले तोकेको स्थानिय प्रतिनिधिले बैंकले उपलब्ध गराएको उपकरण मार्फत आर्थिक कारोबार गराउने गरि शाखा रहित सेवा बिस्तार गरिएको हो । त्यस्ता प्रतिनिधिहरू मार्फत खाता खोल्ने, रकम राख्ने र झिक्ने वा कर्जा सम्बन्धी काम गरिने सल्लेरी शाखाले जानकारी दिएको छ ।

यसरी गरिएको कारोवारमा भोलि केही समस्या उत्पन्न भएमा त्यसको सम्पुर्ण जिम्मेवारी बैंकले लिने माछापुच्छ्रे बैंकका सल्लेरी शाखाका प्रबन्धक टेक बहादुर बस्नेतले बताउभयो ।  सोलुखुम्बुमा शाखा रहित बैंकिङ सेवा सुरु गर्ने माछापुच्छ्रे पहिलो बैंक हो ।                                                            #तस्बिर_सामाजिक_संजाल

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  १० : २७ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.