५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

खेलकुद महासंघमा १२ लाख सदस्य बनाउने संयोजक पौडेलको उद्घोष



नेपाल खेलकुद महासंघको रास्ट्रिय भेला आयोजक कमिटीका संयोजक रमेश पौडेले १२ लाख सदस्यहरुलाई संगठित गर्ने अभियान शुरु भएको बताएका छन।

बैशाख ७ गते काठमाण्डौमा हुने रास्ट्रिय कार्यकर्ता भेलाको तयारीकाका लागि बसुन्धराको सिमा पार्टी प्यालेसमा आयोजित तयारी भेलालाई संबोधन गर्दै पौडेलले  हरेक खेल र तिनका खेलाडी सहित जनतालाई गोलबन्द गर्दै खेलकुदमय नेपाल निर्माणका लागि महासंघलाई बलियो बनाउनु पर्ने धारणा राखेका छन।

बैशाख ७ गतेको भेला बाट केन्द्रीय कमिटी घोषणा गर्दै नेपालका ७७ वटै जिल्ला कमिटी एकै दिन घोषणा गर्ने तयारीमा रहेको जानकारी दिदै संयोजक पौडेलले खेलकुद क्षेत्रमा रहेको नीतिगत समस्याहरुको सामाधानका लागि पनि महासंघले ठोस योजना ल्याउने बताएका छन।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीका अध्यक्ष कृष्ण राईको प्रमुख आतिथ्यतामा भएको उक्त भेलामा राखेपका बोर्ड सदस्य एकेन्द्र कुँवर ,राखेपकी सदस्य रेणु श्रेष्ठ , ओम कृष्ण प्रसाई , पर्शुराम बस्नेत ,प्रभात विक्रम कटवाल ,पेम्बा घले लगायत अतिथि रहेका थिए।

नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य सुदर्शन गुरुङको अध्यक्षता र निरेसलाल सिंहको संचालनमा भएको भेलाले काठमाण्डौ जिल्लाका ११ वटै स्थानीय तहमा तयारी भेला आयोजना गर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  १२ : ५८ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.