६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

कडेनी झोरेनी सामुदायिक बनको २ लाख ब्यक्तीका नाममा बेरुजु



अनुज खड्का
चैत्र ३०, सोलुखुम्बु

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ११ मा पर्ने कडेनी झोरेनी सामुदायिक बनको २ लाख रकम ब्यक्तीका नाममा बेरुजु देखिएको छ । आर्थिक वर्ष २०७६/०७७ को लेखा परिक्षणमा २ लाख रकम स्थानिय ब्यक्तीको नाममा बेरुजु देखिएको हो ।

हाल उक्त बनको कुल पुजी ३ लाख ७३ हजार ३ सय ४८ दशमलव ६८ पैसा रहेकोमा २ लाख भने बेरुजु देखिएको छ । कडेनी झोरेनी सामुदायिक वन उपभोक्ता समुहको सर्बसंकलित कोष अन्तरगतको उक्त बजेट स्थानिय दत्तसिंह कार्कीको नाममा १ लाख र नबराज तथा बालकुमार कार्कीको नाममा १ लाख गरी कुल २ लाख बेरुजु समितिको गतवर्षको लेखापरिक्षण वासलातमा देखिएको हो ।

दत्तसिंह कार्कीको नाममा रहेको बेरुजु पुरानै भ​एपनि नबराज र बालकुमार कार्कीको नाममा रहेको बेरुजु भने तिङ्लाको वडा कार्यालय भवन उद्घाटन गर्दा खर्च भ​एको वनका अध्यक्ष रामकाजी कार्कीले जानकारी दिएकाछन  । सामुदायिक वनको पैसा तत्कालको लागि कार्यक्रमा खर्च गरेपनि नगरपालिकाबाट उक्त रकम फिर्ता गरिने समझदारीमा ललित कार्की, बालकुमार कार्की, नबराज कार्की लगायतले पैसा लगेको अध्यक्ष कार्कीले बताएकाछन ।

यता बालकुमार कार्की भने आफूले उक्त पैसा देख्दा समेत नदेखेको बताउदै मानहानीको मुद्दा गर्ने बताईरहेकाछन । उनका अनुसार पैसा ललित कार्कीले निकालेको भ​एपनि आफ्नो नाममा बेरुजु देखिएको प्रति अचम्मित बनेका छन । कार्की भन्छन “मेरो नाममा पैसा दिएको कुनै प्रमाण भ​ए म सजाय भोग्छु तर प्रमाण बिना चरित्र हत्या गर्न खोजिएकाले अब कानुनी उपचार तिर लाग्छु ।”

वनको तत्कालिन समितिले बिगत ३ बर्ष देखि कुनै सार्वजनिक सुनुवाई समेत नगरेको र समितिको म्याद सकिदा समेत नया समिति गठनको लागि पहल नगरेको स्थानियको आरोप छ । अहिलेको समितिको म्याद गत मंसिरमै सकिएको भ​एपनि आमभेला मार्फत नया समिति चयनको लागि बाटो नखोलिदिएको तिङ्लाका स्थानिय नरबहादुर कटुवालले बताएका छन । उनका अनुसार ग्रामिण बिधुतीकरणमा काटिएका रुखहरूको क्षतिपुर्ती स्वरुप आएको १ करोड भन्दा ज्यादा पैसाको समेत पारदर्शिता देखिएको छैन । त्यसैले तत्काल आमभेला मार्फत समितिका सम्पुर्ण कामकार्वाहीको जानकारी दिनुपर्ने कटुवाल बताउछन ।

गतवर्षको लेखा परिक्षणमा बनको प्राईम बैंकमा १ लाख ६८ हजार ३ सय ४८ दशमलव ६८ पैसा र राष्ट्रिय बाणिज्य बैंकमा ५ हजार गरी कुल १ लाख ७३ हजार ३ सय ४८ दशमलव ६८ पैसा मौजदात देखिएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  १० : २८ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.