२५ कार्तिक २०८१, आइतबार | Mon Nov 11 2024

किरात वायुङ/बाहिङ रदु मिथकमा खुवालुङ



हेमन्त किराँत वायुङ राई

किराँत  रदु (राई) समुदाय भित्र को एक जाति हो वायुङ/बाहिङ जसको आजको दिनमा आफ्नो छुट्टै भेषभुषा,भाषा, सस्कृति तथा इतिहास आदि रहेको पाइन्छ।आजको यस स्थितिमा किरात परिवार भित्रका जातिहरुको पहिचान पृथक रुपमा विकास भएता पनि किरातीहरुको इतिहास केलाउने हो भने साझा भेषभुषा , सस्कृति तथा इतिहासहरु कहि न कहि जोडिएको तथ्य प्रमाणका साथै एतिहासिक कथनहरु पाइन्छ।त्यसै मध्ये एक हो अहिले चर्चामा रहेको खुवालुङ।जसलाई किरात परिवार भित्र आआफ्नै नाम बाट पुकार्ने गरिन्छ ।जे जसरी पुकारिए पनि यसको सास्कृतिक महत्व तथा यसको मिथकहरू लगभग एकै हो छन ।किरात वायुङ /बाहिङले पनि यसलाई विभिन्न ठाँउमा विभिन्न नाउले पुकार्ने गर्छन ।त्यसमा कसैले ख्रलु भन्छन त कसैले ख्रली त कसैले ख्रमालुङ भनि पुकारेको पाइन्छ।यसै ख्रलु/ख्रलीको विषयमा वायुङ/बाहिङहरूको मिथक के छ? नक्सो तथा ध्यावा (मुन्दुम पुरोहित तथा धामी)हरूले पुकार्दै आएको तुम्लो सुम्नी कथामा आधारित रहेर यहा चर्चा गर्न खोजिएको छ।
वायुङ मिथक अनुसार ख्रलु /ख्रली को शाब्दिक अर्थ स्पष्ट रूपमा आज भेटिएको छैन तर सार मा यो किरातीहरूको आदिम काल(सुम्नी खली साला खली) मा यात्रा गर्दा भेटिएको एउटा अवरोध थियो भनेर स्पष्ट बुझ्न सकिन्छ।जसलाई वायुङ /बाहिङ मुन्दुम अनुसार बारिलाप्चो(बारिलाम्को/लाम्चिमो) फोलेमो भनि पुकारिएको पाइन्छ।यो अवरोध पानीको ठुलो मात्रा भएको ठाउमा थियो भन्ने कुरा वायुङ /बाहिङ मिथकमा भन्ने गरेको पाइन्छ पक्कै पनि यसलाई वैज्ञानिक विश्लेषण गर्ने हो भने त्यो आजको सप्तकोशी नदिको माथिल्लो भागमा जसलाई त्रिवेणी घाट भनिने गरिन्छ त्यही आसपास बाट त्यो कोशीको अवरोध ख्रलु ख्रली पार गरि हाम्रा पुर्खाहरू आएको हो भन्ने कुरा स्पष्ट बुझ्न सकिन्छ । किरात वायुङ/बाहिङ आदिम सृष्टि काल मिथक अनुसार यही बारिलाप्चो फोलेमो वारी र पारी गरि दुइ भागमा एतिहासिक कथनहरू रहेको पाइन्छ।वायुङ/बाहिङ मिथक बमोजिम विशेष गरि वायुङ /बाहिङ , चाम्लिङ दाजुभाई र सुनुवार र उनको भाई आएको कुरा आउने गर्छ।
वायुङ/बाहिङ मिथक अनुसार त्यस ख्रलु/ख्रली पारि ‘कल्तीपा/कल्ति’ भन्ने पुर्खाको जन्मेका भएको थियो ।कल्तीपाको दुई छोराहरू पारलुम्पा (पालुम्पा) /थोतारे (तुथ्यार) थिए ती दुई दाजु भाईका दुई दुई छोराहरू थिए ।तिनै दुई दुई छोराहरू ख्रलु/ख्रली पार गरि आएको मानिन्छ।मिथक अनुसार जसमध्ये पारलुम्पाका छोरा तङदिसे रेन्दुलु भुवाखा र उनका भाइ सिबिसे भुवाखा थिए भने तोथारेका छोराहरू मेरिप्ते तुप्साले खिन्ची पल्क्प र उनको भाई नाम नखुलेको थिए।यी नै चार भाइ ख्रलु /ख्रली पारी बाट आफुले बसोबास गरेको ठाउ छोडी ख्रलु सम्म आएका थिए ।आउने क्रममा तङदिसे रेन्दुलु भुवाखा र भाइ सिबिसे भुवाखा अलि अगाडी आएको र आउदा ख्रलु(बारिलाप्चो फोलेमो)बन्द रहेको देखे पछि उनीहरूले अवरोध खोल्न अनेक जुक्ति गर्दै अन्तमा जुरेली चरा (लुक्ब्आ झार बुक्ब्आ झार)को भोग दिन्छन र बारिलाप्चो फोलेमो खुल्दछ यसरी दुई भाई तङदिसे रेन्दुलु भुवाखा र सिबिसे भुवाखा पार गरि आउने बित्तिकै फेरि त्यो बाटो बन्द हुन्छ ।यसरी पछि पछि आएका मेरिप्ते तुप्साले खिन्चि पल्क्प र उनको भाई त्यहा बाटो बन्द भएको देख्छन ।बाटो बन्द भएको देखे पछि उनको पारि निक्लेका दुई दाइहरूलाई सोध्छन तपाईहरू कसरी पार गर्नु भयो? पारि बाट सिबिसे रेन्दुलु भुवाखाले हामी त लुक्ब्आ झार बुक्ब्आ झार सिङ्खे झार मुङ्खे झार(जुरेली चरा काटी भोग दिइ त्यसको मानमनितो गर्नु)गरि पार गरि आएका हौ भन्छन तर पारी रहेका दुई भाईले दुरी र पानीको आवाजका कारण हुन सक्छ स्पष्ट सुन्दैन मात्र लअ झार (भाइ काटेर भोग दिइ मानमनितो गर्नु )गरि पार गरे भन्ने सुन्छन बुझ्छन ।उनको दाईको जवाफ सुनेर उनि छक्क पर्छन कसरी भाइ काटेर भोग दिइ त्यो अवरोधको मानमनितो गर्न सकेऊ होला ?उनलाई आफ्नो भाइ काटेर भोग दिइ बाटो खुलाउन गारो महसुस हुन्छ तर अन्तमा उनले एउटा जुक्ति लगाउछन ।भाइ मार्नको साट्टो उनको कान्छी औलामा तिखो चिजले घोचेर रगत निकाली भोग दिन्छु भनि त्यसै गर्छन तर उनको भाइ ख्रलुले भोग लिएका कारण बाच्दैनन।यसरी आफ्नो भाइ भोग लिए पछि बाटो खुल्छ र पल्क्प पारि तर्छन।जब पल्क्प पारी तर्छन तब रेन्दु र उनको भाइ दुवै देख्छन ।उनलाई त्यो देखेर रिस उठ्छ र रेन्दु संग बाझ्न झगडा गर्न थाल्छन।तैले भाइ काटी भोग दिए भनिस र मैले मेरो भाइलाई यसरी यसरी मारे भनि विस्तृत वृतान्त सुनाउछन ।उता रेन्दु मैले त जुरेली चरा भोग दिए र आए भनेको थिए तैले नै भाइ भोग दिए भन्ने बुझिस् र त्यसो गरिस भनि सम्झाउछन।रिसाको भाइले ती सबै घटनाको मुख्य दोषी तै होस र तलाई नै त्यो सम्पुर्णको पाप लाग्नेछ भनि भन्छन त्यसै दुखद घटनाको कारण हामी किरात वायुङ/बाहिङहरूले साम्सु कुइवा पुजा(जानाजान वा अन्जान गरिएको अप्रिय घटना तथा चोरी लाई शुद्द गर्ने पुजा) गरिन थालिएको हो भनिन्छ।उसै घटनाको दिन देखि सुनुवार पुर्खा पल्क्प सुनकोशी नदि पछ्छाउने र वायुङ/बाहिङ र चाम्लिङ पुर्खा दुधकोसी पछाउने गरि छुटिन्छन।सुनकोसी नदि पछ्याएर गएका पछि लिखु पछाउदै त्यही पल्क्प अहिलेको रामेछाप ओखलढुंगाको खीजी भुजी वरिपरि सुनुवार जातिको रूपमा फैलिएर बसेका छन।यता दुधकोसी पछ्छाएर आएका रेन्दु र सिबिसे भुवाखा खोटाङको चुईचुम्बामा आइ बस्छन ।त्यही बाट पछि आफ्नो भाइ सिबिसे भुवाखालाई त्यही छोडी रेन्दु ओखलढुंगाको रिपु भन्ने ठाउमा आइ बस्छन तीनै रेन्दुको सन्तान किरात वायुङ/बाहिङहरू चिसंखुगढी राज्यको रूपमा पछि सम्म राज्य गरेको बुझिन्छ ।यसरी तिनै वायुङ /बाहिङ पुर्खा सन्तानहरू आजको सोलु ओखलढुंगामा फैलिएर बसेका छन पाइन्छन।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ८ : ५३ बजे


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.