६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

मेयर साहेब आउनुहोस बिकासको निम्ती छलफल गरौ: रमेश पौडेल



राष्ट्रिय युवा संघ नेपालका निवर्तमान अध्यक्ष रमेश पौडेलले हलेसी तुवाचुङ नगरपालिकाका मेयर ईबन राईलाई बिकासको निम्ति छलफल गर्न आह्वान गर्नुभएको छ । नगरपालिकाका स्थायी नागरिक समेत रहेका पौडेलले हलेसी तुवाचुङको समग्र बिकासका निम्ति जनतासङ्ग मुख्यमन्त्री कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख राईलाई बिकासको निम्ति बहस र छलफलको टेबुलमा बस्न आह्वान गर्नुभएको हो ।

हलेसी मन्दिर प्राङ्गणमा भएको कार्यक्रममा नगरप्रमुख ईबन राईलाई समेत निम्तो दिईएको तर राई कार्यक्रममा उपस्थित नभएको सन्दर्भमा बोल्दै पौडेलले भने “हामी जनताको एजेण्डा लिएर जनताको बिचमा उभिएकाछौ । आउनुहोस, तपाईं हामी मिलेर छलफल गरौ र समृद्ध नगर निर्माणको अभियानमा एकजुट बनौ ।” उनले थपे “भोट- चुनाबका बेलामा आ-आफ्नै पार्टीका निम्ति मागौला, तर बिकास त सङ्गै मिलेर गरौ न ।”

आफूलाई संसारको सबैभन्दा प्यारो ठाउँ नै हलेसी लाग्ने भएकाले यस नगरको सर्वाङ्गिण बिकासका लागि समन्वय गर्न चाहेको पौडेलले बताएका छन । राजनितिक आस्था जस्को जता भएपनी बिकास त साझा एजेण्डा भएको भन्दै पौडेलले हातेमालो गर्न आग्रह गर्नुभएको छ ।

त्यसका अलावा बर्तमान राजनितिक ध्रुबिकरणसङ्गै नेकपा एमाले छोडेर गएका वा समानान्तर समितिमा खुम्चिएकाहरूलाई पनि खुल्ला रुपमा छलफलको टेवलमा बसेर समस्या समाधान गर्न उनको अपिल छ । सिङ्गो एमाले पार्टीलाई टुक्रा पार्न तम्सिनु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु भएको उनको भनाई छ । त्यसैले अझैपनी बार्ता र छलफलबाट हल निस्कने पौडेले स्पष्ट पारेका छन ।

 

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ११ : ३९ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.