८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

हेलीसीका जनतासङ्ग मुख्यमन्त्री, सकियो सम्पुर्ण तयारी



अनुज खड्का
चैत्र २१, सोलुखुम्बु

हलेसीका जनतासङ्ग मुख्यमन्त्री कार्यक्रमको सम्पुर्ण तयारी सकिएको छ । नेकपा एमाले हलेसी तुवाचुङ नगर कमिटिको आयोजनामा भोलि हुने कार्यक्रमको सम्पुर्ण तयारी सकिएको हो ।

हलेसी क्षेत्रको समग्र बिकास निर्माणलाई लक्षित गरेर हलेसीका जनतासङ्ग मुख्यमन्त्री कार्यक्रमको आयोजना गरिएको हो । जसका लागि प्रदेश १ का मुख्यमन्त्री शेरधन राइ भोलि हलेसीका जनताको माझमा उपस्थित हुने आयोजकले जनाएको छ ।

मुख्यमन्त्री राईले जनताको अपेक्षा, गुनासो र सुझाब सुन्ने र सोहि अनुसार हलेसी क्षेत्रको प्रादेशिक योजना तर्जुमा गर्ने गरि कार्यक्रमको आयोजना गरिएको एमाले नगर कमिटी अध्यक्ष सुरेन्द्र राईले बताउनुभयो ।

कार्यक्रमको तयारी युवा संघ नेपालका निबर्तमान संयोजक रमेश पौडेल सहितको सहभागीतामा तयार गरिएको छ । भोलि हुने कार्यक्रममा मुख्यमन्त्री शेरधन राई, खोटाङ जिल्लाका प्रतिनिधि सभा सदस्य नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई, एमालेका केन्द्रीय सदस्य खगेन्द्र राई, प्रदेश १ को सामाजिक बिकास मन्त्री उषाकला राई, खोटाङ जिल्ला संबिधान सभा सदस्य पिके राई, प्रदेश १ को भौतिक पुर्वाधार मन्त्री अम्बिरबाबु गुरुङ, अनुशासन आयोगका सदस्य कर्ण घले, एमालेका खोटाङ जिल्ला अध्यक्ष राम दङ्गाल, युवा संघ नेपालका निवर्तमान अध्यक्ष रमेश पौडेल र अनुशासन आयोग किसान महासंघका प्रमुख हरि पोखरेलको विशेष उपस्थिती रहने आयोजकले जनाएको छ । कार्यक्रम हलेसी मन्दिर प्राङ्गणमा बिहान ११ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ८ : ४६ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.