८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

युवा संघ नेपाल सोलुखुम्बुको संयोजकमा प्रबेश राई(किराँती)



अनुज खड्का
चैत्र १३, सोलुखुम्बु

नेकपा एमालेको भातृसंगठन युवा संघ नेपाल सोलुखुम्बुको जिल्ला संयोजकको जिम्मेवारी प्रबेश राईले पाएका छन । जिल्ला सदरमुकाम सल्लेरी आज सम्पन्न भएको एमालेको १३औ पुर्णबैठकले राईलाई युवा संघ नेपाल सोलुखुम्बुको जिल्ला संयोजको जिम्मेवारी दिएको हो ।

संयोजक राई पुर्व माओवादी केन्द्र र एमालेको एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को जिल्ला कमिटि सदस्य हुन । उक्त एकता अदालतले उल्टाईदिएपछि प्रधानमन्त्री केपी ओली नेतृत्वका नेकपा एमालेमा रहेका उनलाई आजको १३औ पुर्ण बैठकले युवा संघ नेपालको संयोजक बनाएको हो ।

एकता पुर्व नेकपा माओवादी केन्द्रको युवा संगाठन (YCL) को प्रदेश कमीटी सदस्य समेत रहेका राई अहिले एमालेको भातृसंगठन युवा संघ नेपाल सोलुखुम्बु जिल्ला संयोजक बनेका हुन । युवा संघ नेपाल मार्फत युवालाई ब्यबस्थित र ब्यबसायिक बनाएर राजनितिक सचेतता एबम संगठन बिस्तारको जिम्मेवारी अब राईको काधमा आएको छ ।

लामो समय देखि नेपाली राजनितिमा सकृय युवा राईले आफ्नो जिम्मेवारीलाई ईमानदारीपुर्वक निर्वाह गर्ने बताएका छन । उनी भन्छन “बिचार र सिद्धान्त परिवर्तन हुन्छ तर आफ्नो राजनितिक धर्म भने भुल्नु हुदैन । हिजो (YCL) मा रहदापनी अधिकत्तर युवाको हकहितका लागि काम गरेकै हु/ अब पनि गर्छु ।”

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ६ : ३८ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.