अनुज खड्का/चैत्र १३, सोलुखुम्बु
नेकपा एमाले सोलुखुम्बुको १३औ पुर्ण बैठक सम्पन्न भएको छ । सर्वोच्च अदालतले एकीकृत दुई ठुला कम्युनिस्ट पार्टीलाई एकिकरणको पुर्व अवस्थामै फर्काईदिएपछी एमालेले आफ्नो १३औ पुर्णबैठक आज सम्पन्न गरेको हो ।
एमालेका जिल्ला अध्यक्ष डुफ कुमार बास्तोलाको अध्यक्षतामा भएको बैठकले ९ वडा महत्वपुर्ण निर्णय पारित गरेको छ । पारित निर्णयलाई पत्रकार सम्मेलन गरि जानकारी दिईएको हो ।
हिजो माओवादीसंगको एकताका क्रममा भत्किएका सबै पार्टिगत संरचनाहरूको पुनर्गठन गर्दै सल्लेरीमा आयोजित बैठक सम्पन्न भएको हो । सोलुखुम्बुको ७ वटै स्थानिय तहमा पुनः एमालेको संगठन निर्माण गर्ने पार्टीलाई पहिले भन्दापनी अझै शक्तीशाली बनाएर लैजाने रणनिति बैठकले तय गरेको छ ।
आज भएका निर्णयहरू:
पुर्व नेकपा माओवादी केन्द्र र नेकपा एमाले आ-आफ्नै पार्टीका रुपमा पुनर्गठित भएपछी दुबै पार्टीले वडा तहदेखी जिल्ला र प्रदेश तहसम्मै संगठन पुनर्गठन गर्न आवस्यक रहेको छ । एकता भंग भएपछी केही माओवादीका एमालेमा र केही एमालेका नेता कार्यकर्ता माओवादीमा रहेका छन । त्यसैले पनि पार्टीलाई पुनर्गठन गर्दै अघि बढ्ने निर्णय नेकपा एमाले सोलुखुम्बुको आजको १३औ पुर्ण बैठकले गरेको हो ।