३ जेष्ठ २०८२, शुक्रबार | Sat May 17 2025

गैरिगुठका ४७ कृषकलाई सिचाइ सामाग्री हस्तान्तरण



अनुज खड्का
चैत्र १४, खोटाङको

खोटाङको हलेसी तुवाचुङ नगरपालिका ७ गैरिगुठका ४७ कृषकलाई सिचाई सामाग्री हस्तान्तरण गरिएको छ । नगरपालिकाको १० लाख बजेटबाट खरिद गरिएको सिचाई सामाग्री आज एक कार्यक्रमका बिच कृषकलाई हस्तान्तरण गरिएको हो । जसमा १ हजार लिटरको हिलटोप ट्याङ्की, जनही ५० मिटर ५० एमएमको पाईप र अन्य आवस्यक सामाग्री रहेका छन ।

सुन्तला पकेट क्षेत्र, पुस्पखेती र बिबिध मौसमी खेती गर्दै आएका कृषकलाई लक्षित गरि उक्त सिचाई सामाग्री हस्तान्तरण गरिएको छ । नगरप्रमुख ईबन राई, उपप्रमुख, वडा बिमला राई, वडा नम्बर ७ का वडाध्यक्ष चईन्द्र राईको उपस्थितिमा सिचाई सामाग्री कृषकलाई प्रदान गरिएको हो ।

उत्पादनमा कृषकलाई प्रोत्साहन गर्ने उदेश्यले सिचाई सामाग्री हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ । आर्थिक समृद्धिको पहिलो आधार नै कृषि उत्पादन भएकोले कृषकको हितका लागि नगरपालिकाले यस्ता थुप्रै काम गर्दै आएको नगरप्रमुख राईले बताए । सम्मुनत र बिकसित नगर निर्माणका लागि कृषकसङ्ग हातेमालो गर्दै नगरपालिका अगाडि बढिरहेको उनको भनाई छ ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  १२ : ५४ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.