अनुज खड्का
चैत्र ११, सोलुखुम्बु
सोलुखुम्बुको महाकुलुङ गाउपालिकाबाट दुर्लब बन्यजन्तु रेड पाण्डाको छाला सहित ३ जना पक्राउ परेकाछन । हाब्रे भनेर चिनिने रेड पाण्डाको ७ थान छाला र ५ थान पासो सहित जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनिहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका तीनैजनालाई पत्रकार सम्मेलन मार्फत आज सार्वजनिक गरिएको हो । उनिहरूको साथबाट बरामद भएको ७ थान छाला र ५ थान पासो पनि प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बुको महाकुलुङ गाउपालिका वडा नम्बर २ का जगत बहादुर राई, सोहि गाउपालिका ३ बस्ने मित्रुधन राई र कबिरशंखर राई रहेकाछन ।
महानगरीय प्रहरी परिसर भक्तपुरको जगाती युनिटले केहिदिन अगाडी महाकुलुङ गाउपालिका १ का पवन बिकलाई पक्राउ गरेपछी तस्करीको अनुशन्धानको क्रममा थप ३ जना पक्राउ परेका हुन । बिकले नै दिएको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको टोलीले तिब्र अनुशन्धान गरी पुरै गिरोह नै पक्राउ गर्न सफाल भएको हो । प्रहरीको भनाई अनुसार जिल्लाको हिमाली भेग मकालु बरुण राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र बफरजोन भित्र गैरकानुनी तरिकाले बन्यजन्तुको चोरीशिकारी गरी मार्ने, आखेटोपहार लुकाईछिपाई राखी खरिद बिक्री तथा ओसारपसार गर्ने गरेको सुचनाका आधारमा प्रहरी निरिक्षक मन्दिप चौहानको कमाण्डमा जिल्लाबाट खटिएको टोलीले उनिहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेका बन्यजन्तु चोरीतस्करीको संगठित अपराधमा सामेल सबै गिरोहलाई एकसाथ सार्वजनिक गरेको हो । उनिहरूले केवल पैसाको लागि यो काम गर्दै आएको प्रहरीको प्रारम्भिक अनुशन्धानमा खुलेको बताईएको छ । उनीहरू आपसमा परिचित समेत नभएको प्रहरीको भनाई छ । पहिलो ब्यक्तीले दोस्रो ब्यक्तीलाई मात्र चिन्ने तर तेस्रोलाई नचिन्ने र दोस्रोले फेरी पहिलो र तेस्रोलाई चिन्ने तर चौथो ब्यक्ती नचिन्ने प्रहरीको भनाई छ । यो नै संगठित अपराधको स्वरुप भएको प्रहरी नायब उपरिक्षक कबित कटुवालले जानकारी दिनुभयो ।
अब उनिहरूलाई मकालु बरुण राष्ट्रिय निकुञ्जमा थप अनुशन्धानका लागि पठाईने छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ को १ अन्तरगत पक्राउ परेकाहरूलाई ५ लाख देखि १० लाखसम्म जरिवाना वा ५ बर्षदेखि १५ बर्षसम्मको जेल सजाय वा दुबै हुन सक्ने प्रहरीले जनाएको छ ।