७ माघ २०८१, सोमबार | Tue Jan 21 2025

चन्दा उठाएर प्रधानाध्यापकको बिदाई, खसी काटेर बिधालयमा भोज



अनुज खड्का
चैत्र १०, खोटाङ

खोटाङको हलेसी तुवाचुङ नगरपालिका ७ गैरिगुठमा रहेको कालिका आधारभूत विद्यालयको प्रधानाध्यापकलाई चन्दा उठाएर बिदाइ गरिने भएको छ । लामो समय सोही बिद्यालयमा प्रधानाध्यापक बनेर अबकास पाएका ढक प्रसाद पाण्डेलाई अबिभावक मार्फत चन्दा उठाएर बिदाई गरिन लागेको हो ।

बिद्यालयमा काम गर्ने कुनैपनी कर्मचारी वा शिक्षकको बिदाई गर्ने मुख्य दायित्व उक्त बिधालयको ब्यबस्थापन समितिको हो । तर कालिका आधारभूत बिद्यालयमा भने अबिभावकबाट चन्दा उठाएर प्रधानाध्यापकको बिदाई गर्न लागिएको छ ।

बिदाई कार्यक्रममा खसी काटेर भोज खुवाउने उदेश्यले चन्दा संकलन गरिएको बताईएको छ । स्थानियको भनाई अनुसार गाउँभरीका अबिभावकबाट रकम संकलन गरेर खसी काटेर प्रधानाध्यापकलाई बिदाई गर्न लागिएको हो ।

पाण्डेले उक्त बिधालयबाटै डबल पेन्सन पकाएर अहिले अबकास पाएका हुन । उनको चैत्र १२ गते बिदाई कार्यक्रम राखिएको छ ।                                                                              ३२ बर्ष एउटै बिधालयमा सेवा गरेका राम्रै तरिकाले खसी काटेर बिदाई गर्न लागेको पैसा संकलन गर्दै हिडेका स्थानिय तथा पुर्व बिधालय ब्यबस्थापन समितिका अध्यक्ष केदार राइले बताएका छन । केही स्थानियले यसमा आपत्ती जनाएपनी धेरैजसोले पैसा दिएको उनको भनाई छ ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ३ : ०३ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.