अनुज खड्का
चैत्र ०६, सोलुखुम्बु
सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्लामा गत २०७६ माघ ४ गते घटेको घटानाको अनुशन्धान सकिएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले दिएको जानकारी अनुसार अनुशन्धान सकिएर मिसिल अदालत पुगेको हो । अब अदालतको फैसला अनुसार नै कार्वाहि अगाडि बढ्ने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी प्रहरी निरिक्षक महेन्द्र दर्नालले जानकारी दिएका छन ।
उक्त घटनामा १६ मोटरसाईकल र १ डबलक्याप बोलेरो गाडी जलाएर नष्ट गरिएको थियो । राष्ट्रिय प्रसारण लाईनको उद्घाटनका लागि गएका नेकपा नेता सहितको टोली र स्थानिय तिङ्लाबासीबिच झडप हुदा १ करोड भन्दा माथीको क्षति हुनेगरी स्थानियले आगजानी गरेका थिए ।
पहिला हाईड्रोद्वारा प्रभाबित क्षेत्र तिङ्लाको घरघरमा बिजुली बालेर मात्र राष्ट्रिय प्रसारण लाईन उद्घाटन गर्नुपर्ने स्थानिय माग रहेको थियो । उक्त माग सम्बोधन नगरी पत्तालेमा बिधुत उद्घाटन गर्नेभएपछी स्थानिय तिङ्लाबासीले आपत्ती जनाउदै आन्दोलन गरेका थिए । उक्त आन्दोलनको अवज्ञा गरेको भन्दै स्थानियले कार्यक्रम उद्घाटन गर्न गएका नेकपाका नेता कार्यकर्ता चढेको सवारीसाधन तोडफोड र आगजानी गरेका हुन । घटनाको बर्षदिन पछि प्रहरीले अनुशन्धानको मिसिल अदालतमा बुझाईसकेको जानकारी दिएको छ ।
त्यसदिन मोटरसाइकल गुमाएका नेकपाका युवा कार्यकर्ताले अहिलेसम्म त्यसको क्षतिपूर्ति पाएका छैनन भने अहिले नेकपा फुटेर पुर्ववत नेकपा माओवादी केन्द्र र नेकपा एमालेमा पुनर्गठित भईसकेका छन । आगजानी गर्नेबिरुद्द किटानी जाहेरी दर्ता गरिएको भएपनी प्रहरीले ब्यक्ती पक्राउ नगरीकन आफ्नै ढंगले अनुशन्धान गरेको प्रहरी निरिक्षक दर्नालले जानकारी दिएका छन । उनका अनुसार अब छिट्टै अदालतको फैसला अनुसार उक्त मुद्दाको किनारा लाग्नेछ ।