१२ माघ २०८१, शनिबार | Sat Jan 25 2025

थुलुंग दुधकोशि ९ मा २ सय १९ जनाको न्युनतम रोजगारिमा आवेदन, ४८ जना छनोट



विदुर बस्नेत÷सोलुखुम्बु ,
सोलुखुम्बुको थुलुंग दुधकोशि गाउपालिका ९ लोखिममा ४८ जनाले न्युनतम रोजगारि पाएका छन । वडा अध्यक्ष भूपालसिंह राईका अनुसार चालु आर्थिक बर्षमा २ सय १९ जनाको आवेदन परेको भएतापनि प्राथमिकताको आधारमा ४८ जनालाई छनौट गरिे रोजगारि कार्यक्रममा समावेश गराईएको हो ।
दैनिक ५ सय १७ रुपैया पारिश्रमिक दिनेगरि समावेश गरिएको न्युनतम रोजगारिका अवधि १ सय दिनको रहन्छ । वडा कार्यालयको जग सम्याउने तथा २ वटा सडकखण्डमा सहभागिलाई खटाईएको वडाध्यक्ष राईको भनाई छ ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ९ : ३६ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.