१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

दिपज्योती नेवार समुह सल्यानको भवन तथा खेलामैदान शिल्यानास



अनुज खड्का
चैत्र ०४, सोलुखुम्बु

सोलुखुम्बुको नेचासल्यान गाउपालिका वडा नम्बर २ सल्यानमा रहेको दिपज्योती नेवार समुहको भवन तथा खेलमैदानको आज शिल्यान्यास गरिएको छ । गाउपालिकाका अध्यक्ष डुफकुमार बास्तोलाले समुहको भवन तथा खेलमैदान शिल्यान्यास गर्नुभ​एको हो ।

नेचासल्यान गाउपालिका २ सल्यान चौतारामा रहेका ७० घर नेवार समुदायको निम्ति गाउपालिकाले बिनियोजन बजेटबाट समुहको भवन तथा खेलमैदान निर्माण गर्न लागिएको हो । हाललाई पालिकाले १० लाख बिनियोजन गरेको भ​एपनि भवन तथा खेलमैदानको डिपिआर बनेपछी नै कुल लागत यकिन हुनेछ । अनुमानित १ करोड हाराहारीमा उक्त भवन तथा खेलमैदान बन्ने निर्माण उपभोक्ता समितिका सचिब निरज श्रेष्ठले जानकारी दिएका छन ।

निर्माण आरम्भ भ​एपछी गाउपालिकाले क्रमागत बजेट बिनियोजन गर्ने बताईएको छ । अहिले कृष्ण बहादुर नेवारको अध्यक्षतामा ७ सदस्यिय निर्माण उपभोक्ता समिति गठन भ​एको छ । उक्त समितिले पहिले डिपिआर तयार गरेर काम अगाडी बढाउने बताईएको छ ।

नेवार समुदायको सामुहिक भेला तथा कार्यक्रमका लागि भवनको उपयोग गरिनेछ भने खेलमैदान चाहि गैरनेवार समुदायले समेत उपभोग गर्न पाउनेछ्न ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ९ : २४ बजे


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.