८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

सिस्नेरी पहिरोको बिकल्प अन्तिम चरणमा, १ किलोमिटर सडक ट्र्याक ओपन गर्न बाँकी



अनुज खड्का
चैत्र ०३, सोलुखुम्बु

सोलुखुम्बुको सदरमुकाम सल्लेरी जोड्ने प्रमुख सडक अन्तरर्गत पर्ने साल्मे सिस्नेरीको पहिरो सबैको टाउको दुखाईको बिषय हो । बर्खामा मात्र होईन हिउदमा समेत सुख्खा पहिरो गईरहने साल्मे सिस्नेरी भिरका कारण धेरै यात्रुहरू अलपत्र पर्ने गरेका छन । सोलुदुधकुण्ड गरपालिका ११ तिङ्लामा पर्ने साल्मे सिस्नेरी पहिरोको बिकल्प खोज्न नगरपालिका र सडक बिभाग बाध्य भ​एको थियो । बर्षेनी पहिरोका कारण उक्त भीरमा सवारी आवतजावत बन्द मात्र होईन, पहीरो पन्छाउन लाखौ रकम समेत खर्च हुदै आएको छ । तर अब भने सिस्नेरी पहिरोको बिकल्पका रुपमा निर्माण गरिएको सडक अन्तिम चरणमा पुगेको छ ।

साल्मे हुदै रमिते, तिङ्ला, पेकरनाश घुमेर बेलिडाडा निस्कने सडकमा पहिरोले बर्षेनी समस्या खडा भ​एपछी अहिले साल्मेबाट सिस्नेरी भीर नछोईकन सिधै बेलिडाडा निस्कने सडकको काम अन्तिम चरणमा पुगेको हो । अब करिब १ किलोमिटर ट्र्याक ओपन गरेपछी सिस्नेरी भीरलाई नछोईकन बेलिडाडा पुग्न सकिने छ । यसले गर्दा बाटोपनि छोटिने सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले बताएका छन । अहिले ट्र्याक ओपन गर्नका लागि स्थानियको जग्गा प्रयोग गर्नुपर्ने भ​एकाले स्थानियसङ्ग आवस्यक छलफल भईरहेको शेर्पाको भनाई छ ।

यो सडक नियमित संचालनमा आएपछी साबिकको सडकमा पर्ने रमिते र पेकरनाश दुई बजार भने ओझेलमा पर्नेछन । किनभने छोटो र सजिलो रुटबाट सवारी संचालन हुने भ​एपछी अधिंकाश सवारी नयाबाटोबाट गुड्नेछन ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  १२ : ४७ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.