८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

अपरसोलु हाईड्रो बिरुद्द सर्बोच्चमा मुद्दा, सर्बोच्चको अध्ययन टोली सोलुखुम्बुमा



अनुज खड्का
चैत्र ०३, सोलुखुम्बु

सोलुखुम्बुमा निर्माणाधिन २३ दशमलब ५ मेगावाटको अपरसोलु हाईड्रो पावर कम्पनी बिरुद्द सर्बोच्च अदालतमा मुद्दा दर्ता भ​एको छ । आयोजनाबाट प्रभावित स्थानियहरूले हाईड्रो बिरुद्द सर्बोच्चमा मुद्दा दायर गरेका हुन । आयोजनाका कारण बेहोर्नुपरेको क्षतिको उचित मुल्याङ्कन तथा ब्यबस्थापन आयोजनाले नगरेको भन्दै प्रभावित स्थानियहरू सर्बोच्चको शरणमा पुगेका हुन ।

प्रभाबित स्थानियले सर्बोच्चमा रिट दायर गरेपछी सर्बोच्च अदालतले बिज्ञ सहितको टोली अध्ययनका लागि सोलुखुम्बु पठाएको छ । आयोजनाले पारेको बातावरणिय प्रभाब र स्थानियको गुनासो उपर उक्त अध्ययन टोलीले प्रतिबेदन तयार पारी सर्बोच्चमा पेश गर्नेछ । तत्पश्चात मात्र मुद्दा थप अगाडी बढ्ने जनाईएको छ ।

आज एक कार्यक्रमका बिच प्रभावित स्थानियले अध्ययन प्रतिबेदन समितिलाई आफ्नो ज्ञापनपत्र समेत बुझाएको छ । उर्जा जलश्रोत तथा सिचाई मन्त्रालयका प्रतिनिधि राम गोपाल खरबुजाको संयोजकत्वमा गठित ३ सदस्यिय अध्ययन प्रतिबेदन समितिलाई स्थानियले आयोजना मार्फत भ​एका क्षतिको बिबरण सहित ज्ञापनपत्र बुझाएका हुन ।
उक्त ज्ञापनपत्रमा आयोजनाका कारण क्षतबिक्षत भ​एको जमिनको अवस्थिति, पेनस्टक पाईपले सिर्जना गरेको जोखिम, बनजंगलमा चरिचरणमा परेको असर​, खानेपानीको मुहानमा पर्न ग​एको असर​, बिस्तापनको समस्या, महिलाको समस्या र सवाल​, गुनासा सुन्ने संयन्त्र​, लाभांश बाडफाड तथा आयोजना प्रतिनिधिहरूद्वारा स्थानियलाई खाली कागजमा सहि गराईएको बिषयमा जानकारी सहित अध्ययन समितिको प्रतिबेदनको बारेमा प्रभाबित क्षेत्रका स्थानियलाई जानकारी दिन समेत माग गरिएको छ ।

जनपरिचालन संघर्ष समितिका अध्यक्ष चन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा आयोजना प्रभाबितहरू, अध्ययन प्रतिबेदन समितिका संयोजक तथा सदस्यहरू र स्थानिय जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो । प्रभाबितको तर्फबाट स्थानिय राजकुमार प्रधान, हरकुमारी बस्नेत लगायतले आफ्नो भनाई राखेका थिए । प्रधानले आयोजनाबाट पिडित स्थानियको गुनासोलाई मध्यनजर गर्दै अध्ययन समितिले आफ्नो प्रतिबेदन तयार गर्नुपर्ने वा समिति कसैको दबाब र प्रभाबमा पर्न नहुने भनाई राखेका थिए भने बस्नेतले स्थानियलाई भ्रममा पारेर वा डरत्रास देखाएर आयोजनाले सस्तो मुल्यमा जग्गा हासिल गरेको बताएकी छिन ।

त्यस्तै जनप्रतिनिधिको तर्फबाट बोल्दै सोलुदुधकुण्ड नगरपालिका ७ गार्माका वडाध्यक्ष लालमान श्रेष्ठले आयोजनाले गरेका गम्भिर लापरवाहि उपर अध्ययन समितिको ध्यानाकर्षण गराएका छन । यता नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले भने प्रभाबितको मुद्दा बल्ल सहि ठाउमा पुगेकाले अदालतको निर्णय पर्खिन आग्रह गर्दै, सर्बोच्चले न्यायिक निर्णय नै गर्ने बिस्वास ब्यक्त गरेका छन ।

स्थानियको गुनासो र जनप्रतिनिधिको सुझाब सुनिसकेपछी अध्ययन प्रतिबेदन समितिका संयोजक रामगोपाल खरबुजाले सत्य र तथ्यमा आधारित प्रतिबेदन तयार हुने र स्थानियको गुनासोलाई प्रतिबेदनमा उचित स्थान प्रदान गरिने प्रतिबद्दता ब्यक्त गरेका छन । अध्ययन प्रतिबेदन समितिले अदालतको आदेश बमोजिम प्रभाबित क्षेत्रको भौगोलिक अवस्था, बातावरणिय प्रभाब र स्थानियको जनगुनासो उपर प्रत्यक्ष अध्ययन गरी तयार पारेको प्रतिबेदन अदालतमा पेश गर्ने छ ।

अपरसोलु हाईड्रो पावर आयोजना नेपालमा हालसम्म संचालित आयोजनाहरू मध्य अति प्रभाबित क्षेत्रका स्थानियले बिकासमैत्री सोचका साथ लगानीमैत्री बातावरण सिर्जना गरी समयमै सम्पन्न भ​एको सम्भवत पहिलो योजना भ​एको भन्दै प्रभाबित स्थानिय राजकुमार प्रधानले आयोजनाका तर्फबाट भने स्थानियलाई गर्नुपर्ने समाजिक उत्तरदायित्व अन्तरगतका कुनैपनि कार्य सहि ढंगले नगरेको गुनासो गर्नुभयो । आयोजनाका कारण आगनमै पहिरो खस्ने अवस्था आउदा समेत स्थानियले सहयोग नै गरेको तर आयोजनाले आफैले भत्काएको सडक समेत मर्मत नगरिदिएको र प्रभाबितलाई बितरण गरिएको शेयरको शेयरधनी पत्र समेत नदिएकाले स्थानिय आक्रोशित भ​एको प्रधानको भनाई छ । त्यस्तै हालसम्म आयोजनाले कुनै साधारसभा समेत नगरेको वा स्थानिय शेयरधनीहरूलाई आजसम्म कुनै जानकारी समेत नभ​एको उनको दुखेसो छ ।

अहिले आयोजनाले ३३ केभिए प्रसारण लाईन मार्फत ९ देखि १० मेगावाट बुजुली सप्लाई गरिरहेको र निर्माणाधिन ८२ र ८६ मेगावाटको हाईड्रोलाई समेत आवस्यक बिजुली उपलब्ध गराईरहेको हुदा त्यसको कारोबारको कुनै पारदर्शिता स्थानिय लगानीकर्तालाई नदिएको भन्दै त्यसको बारेमा शेयरधनीलाई जानकारी गराउनुपर्ने माग समेत प्रधानले राखेका छन । सम्पुर्ण लगानीकर्ताको लगानीको ब्याज, आम्दानीको बोनस कम्पनी रजिस्टरको कार्यालय र धितोपत्र बोर्डमा सुचिकृत गरी बितरण गर्नुपर्ने उनको माग रहेको छ । आयोजनालाई ३ बर्ष अगाडी सस्थापक शेयरको नाममा बैंक मार्फत स्थानियले बुझाएको पैसाको बिबरण बाहेक शेयर सुनिश्चितताको कुनै प्रमाणपत्र नभ​एको स्थानियको गुनासो रहेको छ । बार्षिक साधाराणसभामा सस्थापक शेयरधनीलाई समेत कुनै जानकारी नदिएको भन्दै प्रभाबित स्थानिय प्रधानले आयोजनाका बिरुद्द अबभने संघर्ष गर्नुपर्ने स्थिति आएको बताउनुभयो ।

आयोजनाका तर्फबाट जनसम्पर्क अधिकृत बद्रीमान श्रेष्ठले भने धितोपत्र बोर्डमा शेयर सुचिकृत हुन ढिलाई भ​एको स्विकार गर्दै त्यसको काम अन्तिम चरणमा रहेको जानकारी दिएकाछन । सामाजिक उत्तरदायित्वको बजेट अपारदर्शी भयो भन्ने सन्दर्भमा भने केहिदिनमा उनले लेखामार्फत भ​एका खर्चको बिबरण दिने बताएकाछन । ट्रान्समिशन लाईनको समस्या झेलिरहेको आयोजनालाई कहिकतैबाट सहयोग प्राप्त नभ​एको श्रेष्ठको आफ्नै गुनासो छ ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  १२ : १४ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.