५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

मुढाले किच्दा गम्भिर घाईते गोविन्दको मृत्यु, पोस्टमार्टमका लागि फाप्लु ल्याईदै



विदुर बस्नेत/सोलुखुम्बु,
रुखको मुढाले किच्दा गम्भिर घाईते बनेका गोविन्द बस्नेतको मृत्यु भएको छ । हिजो दिउसो करिब ३ बजेतिर दाउरा काट्ने क्रममा गम्भिर घाईते बस्नेतको उपचारको क्रममा मिसन हस्पिटल लैजादै गर्दा बाटैमा र्मत्यु भएको जिल्ला प्रहरि कार्यालय सोलुखुम्बुका प्रवक्ता एवम प्रहरि निरिक्षक महेन्द्र दर्नालले जानकारि दिनुभयो ।
प्रहरि निरिक्षक दर्नालका अनुसार मृतकको पोस्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लु ल्याईदै छ । यस्तै अर्का गम्भिर घाईते मनोजलाई भने थप उपचारका लागि काठमाण्डौ लगिदै छ । सोतांङ गाउपालिका १ को भिरखर्कमा दाउरा काट्ने क्रममा भिरमा मुढा अड्केको र निकाल्न जादा मुढा चिप्लिएर विजयखर्क निवासी दलबहादुर बस्नेतको जेठो छोरा २४ बर्षिय मनोज बस्नेत र साहिलो छोरा २० बर्षिय गोविन्द बस्नेतलाइ किचेको थियो । सोताङ प्राथमिक अस्पतालमा उपचार सम्भव नभएपछि हिजै मिसन अस्पताल रेफर गरिएको र मिसनमा समेत उपचार संभव नभएपछि काठमाण्डौ लगिएको परिवार स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ९ : २० बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.