८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

मुढाले किच्दा सोताङमा २ जना गम्भिर घाईते, मिसन अस्पताल लैजादै



विदुर बस्नेत/सोलुखुम्बु,
दाउरा काट्ने क्रममा मुढाले किच्दा सोलुखुम्बुको सोताङमा २ जना गम्भिर घाईते भएका छन । आज दिउसो करिब ३ बजेतिर सोतांङ गाउपालिका १ को भिरखर्कमा दाउरा काट्ने क्रममा भिरमा मुढा अड्केको र निकाल्न जादा मुढा चिप्लिएर किच्दा एकैघरका २ दाजुभाई गम्भिर घाईते भएका हुन ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरि निरिक्षक एवम सुचना अधिकारि महेन्द्र दर्नालका अनुसार विजयखर्क निवासी दलबहादुर बस्नेतको जेठो छोरा २४ बर्षिय मनोज बस्नेत र साहिलो छोरा २० बर्षिय गोविन्द बस्नेत गम्भिर घाईते भएका हुन । प्रहरि निरिक्षक दर्नालका अनुसार घाईते मनोजको टाउको र खुट्टामा गम्भिर चोट लागेको छ भने गोविन्दको दाहिने हात भाचिनुको साथै छातिमा गहिरो चोट लागेको छ । दूवैजनाको सोताङ प्राथमिक अस्पतालमा उपचार सम्भव नभएपछि मिसन अस्पताल रेफर गरिएको जनाईएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ८ : ४१ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.