१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

नेकपा सोलुखुम्बुको कार्यालयमा एमालेको बोर्ड, ओली समूह नेकपा एमालेमा



अनुज खड्का
फागुन २५, सोलुखुम्बु

नेकपा सोलुखुम्बुको जिल्ला कार्यालयमा नेकपा एमालेको बोर्ड राखिएको छ । पुर्व नेकपा अध्यक्ष मानवीर राई, बर्तमान एमाले अध्यक्ष डुफकुमार बास्तोला, सोलुखुम्बु प्रदेश सभा “ख” का सांसद बुद्धिकुमार राजभण्डारी लगायत नेकपा एमालेका नेता कार्यकर्ता सहितको उपस्थितिमा आज कार्यालयको बोर्ड परिवर्तन गरि नेकपा एमालेको बोर्ड राखिएको हो ।

एमाले र माओवादी (केन्द्र) एकीकरण भएपछि उक्त कार्यालयलाई नेकपाको जिल्ला कार्यालय बनाईएको थियो । सर्वोच्चको फैसला पछि, यसअघि एमालेकै कार्यालय रहेको उक्त कार्यालयमा नेकपा एमालेको बोर्ड टाँसिएको हो ।

‘सर्वोच्चको फैसलापछि, हामीहरुले आफ्नो साविकको कार्यालयमा नेकपाको स्थानमा नेकपा एमाले लेखेर बोर्ड टाँसेका छौं’ नेकपा एमाले अध्यक्ष डुफकुमार बास्तोलाले बताउनुभयो ।

एकीकरण भंग हुदा पार्टी कार्यकर्ताहरू समेत फेरबदल भएकाले नेकपा एमालेका संघठनहरू पुनर्गठन गर्नुपर्ने आवस्यकता रहेको छ । अहिले पुर्व माओवादीबाट केही नेताकर्यकर्ता पुर्व नेकपा एमालेमा आएका छन भने केही नेताकार्यकर्ता प्रचण्ड-नेपाल समुहमा रहेका छन । ओली पक्षमा देखिएका सम्पुर्ण नेताकार्यकर्ता भने नेकपा एमालेमा रहने भएका हुन ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ३ : १२ बजे


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.