६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

समृद्धिको सपना पूरा गर्दै हलेसी तुवाचुङ नगरपालिका, घर-घरमा बिधुत पुर्याउने कार्य तिब्र



अनुज खड्का
फागुन ४, खोटाङ

नेपालका कुल ७५३ स्थानिय तह मध्य बिकासको रफ्तारमा कुदिरहेको एउटा स्थानिय तह हो- खोटाङको हलेसी तुवाचुङ नगरपालिका । यस नगरपालिकाले आम नगरवासीको आधारभूत आवस्यकतालाई मध्यनजर गर्दै आफ्ना कार्यक्रमहरू संचालन गर्दै आएको छ ।

भौगोलिक जटिलता र अभावैअभावले ग्रस्त यस स्थानिय तहलाई एउटा समृद्ध नगरपालिका निर्माण गर्न यहाँका निर्वाचित जनप्रतिनिधिहरू कम्मर कसेर लागि परेका छन । सुरुमा खानेपनिको समेत राम्रो व्यवस्था नभएको यस नगरपालिकामा स्थानिय सरकारले भिबिन्न प्रयत्नहरू मार्फत खानेपानी ब्यबस्थापन गर्ने देखि लिएर नगरवासीको आर्थिक जीवनस्तर उकास्ने किसिमका कार्यक्रमहरू संचालन गरिरहेको छ । जसको केही उदाहरणहरू नगरपालिकाले प्रथम बर्ष नै संचालन गरेको बोरिङ योजना, पुष्पखेती, पशुपन्छि अनुदान, मकैको खोसेला मार्फत विभिन्न घरायसी प्रयोगका सामाग्री निर्माण तालिमसम्म रहेको छ ।

भौतिक पुर्वाधार बिकासको क्षेत्रमा पनि नगरपालिकाले ३ बर्षकै अवधीमा उच्चतम प्रगती हासिल गरेको छ । अहिले नगरपालिकाले आफ्नै भवन निर्माण गरि सेवा प्रवाह गरिरहेको छ भने, आफ्ना सबै वडामा मोटरबाटो पुर्याईसकेको छ । खानेपानीको अत्याधिक समस्या रहेको वडाहरूमा लिफ्टिङ योजना संचालन गर्ने लक्ष्यका साथ नगरपालिकाले काम गरिरहेको छ । त्यस्तै पर्यटन पुर्वाधार बिकासमा यस नगरपालिकाले नेपालकै दोस्रो पशुपतीनाथका नामले परिचित त्रीधार्मीकस्थल हलेसी महादेवको संरक्षण एबम संबर्धन र रकगार्डेन निर्माणको कामलाई गति दिएको छ । त्यस्तै हलेसी गुरुयोजना निर्माण उपर पनि नगरपालिकाले तिब्रताका साथ काम गरिरहेको छ ।

शिक्षा, स्वास्थ्य, कृषि र अन्य क्षेत्रमा पनि नगरपालिकाले विशेष चासोका साथ काम गर्दै आएको छ । चालू आर्थिक बर्षको बजेट नै शैक्षिक सुधारको नाममा खर्चिने घोषणा गरेको नगरपालिका बिध्यालय अनुगमन र ब्यबस्थापन, शिक्षक सरुवा तथा दरबन्दी मिलान लगायतका कामहरू थालनी गरेको छ ।

यी सबै कामहरू नगरपालिकाले हालसम्म गर्दै आएका उदाहरणिय कार्यक्रमहरू हुन । आज हामीले कुराकानी गर्न खोजेको चाहिँ भौतिक पुर्वाधार बिकास अन्तरगत उज्यालो नगर घोषणा कार्यक्रमको बिषयमा हो ।

उज्यालो नगर घोषणा कार्यक्रम यस नगरपालिकाको एउटा महत्वाकांक्षी कार्यक्रम अन्तरगत पर्दछ । जसलाई आफ्नै कार्यकालमा सम्पन्न गर्ने प्रणका साथ यहाँका जनप्रतिनिधिहरू लागि परेका हुन । जसअन्तर्गत कुल ११ वडा मध्य हालसम्म ६ वडाहरू उज्यालो वडा घोषणा भइसकेका छन । जसमध्य वडा नम्बर ६, ७, ८, ९, १० र ११ रहेका छन । अन्य वडामा भने अहिले बिधुत बिस्तारको काम तिब्रताका साथ भईरहेको छ । अबको २ महिनामा थप २ वडालाई उज्यालो वडा घोषणा गरिसक्ने नगरपालिकाको लक्ष्य रहेको छ । जसमा वडा नम्वर ५ र ३ रहेका छन भने वडा नम्बर १ र ४ मा पनि टेन्डर आह्वान भईसकेको नगरपालिकाले जनाएको छ ।

हालसम्म नगरपालिकाले बिधुत बिस्तारमा मात्र करिब ७ करोड हाराहारी बजेट खर्च हुने अनुमान रहेको मेयर ईबन राईले जानकारी दिनुभएको छ । पहिलो आर्थिक बर्षमा २ करोड हाराहारी, दोस्रो आर्थिक बर्षमा १ करोड र तेस्रो आर्थिक बर्षमा ३ करोड ५० लाख बजेट बिधुत बिस्तारका निम्ति बिनियोजन गरिएको मेयर राईले बताउनुभयो । सबै गर्दा कुल ७ करोड हाराहारी बजेट उज्यालो नगर अभियानमा खर्च हुने मेयर राईको भनाई छ ।

उज्यालो नगरपालिका अभियानका निम्ति नगरपालिकालाई नेपाल बिधुत प्राधिकरणले प्राबिधिक सहयोग प्रदान गरेको छ भने केही वडामा प्राधिकरणकै बजेटमा ग्रामीण बिधुत बिस्तारको काम भईरहेको नगरपालिकाले जनाएको छ ।

सोही कार्यक्रम अन्तर्गत आज हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ८ धितुङलाई उज्यालो वडा घोषणा गरिएको छ । धितुङका सबैघरधुरीमा बिधुत बिस्तार गरिसकेर आज वडालाई उज्यालो वडाका रुपमा घोषणा गरिएको हो । गत आर्थिक वर्ष २०७६/२०७७ मा नगरपालिकाको बार्षिक बजेटबाट बिनियोजित ७ लाख र नेपाल विद्युत प्राधिकरणको प्राविधिक सहयोगमा विद्युत विस्तार भएको हो । उज्यालो वडा घोषणा कार्यक्रमका प्रमुख अतिथि मेयर राईले मंगलबारका दिन बखुवा भञ्ज्याङ धितुङमा रहेको ट्रान्सफर्मरको एमसिसिबी अन गरी उज्यालो वडा घोषणा गर्नु भएको हो ।

बर्षाै देखि बिजुली बाल्ने धितुङ बासीहरुको सपना साकार भएकाले स्थानिय बासीहरु हर्षित भएको वडा अध्यक्ष पृथ्वीराज राईले जनाउनुभएको छ । वडाले देखेको सपना मध्य एउटा आधारभूत सपना पुरा भएको वडा सदस्य खेमराज कार्कीले बताउनुभयो । विद्युत विस्तार कार्य सम्पन्न गरी पौष २४ गत्ते विहान ७ बजेबाट हाइटेन्सन लाईन परीक्षण गरिएको थियो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  १० : ०४ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.