१४ फाल्गुन २०८०, सोमबार | Mon Feb 26 2024

लोखिममा नि:शुल्क महिला ट्रेकिङ गाईड तालिम, ३७ महिला तथा किशोरी सहभागी



अनुज खड्का
माघ २०, सोलुखुम्बु

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ९ लोखिममा आजबाट नि:शुल्क महिला ट्रेकिङ गाइड तालिम संचालन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्रालय अन्तर्गत नेपाल पर्वतीय प्रशिक्षण प्रतिस्ठान र लोखिम वडा कार्यालयको आयोजनामा निशुल्क महिला ट्रेकिङ गाईड तालिमको आज औपचारीक उद्धघाटन गरिएको हो ।

वडाध्यक्ष भुपालसिंह राईको अध्यक्षता र उपप्राध्यापक डा. खडगनारायण श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न १५ दिन सम्म सन्चालन हुने तालिमको आज उद्घाटन गरिएको छ । तालिममा ३७ जना प्रशिक्षार्थीहरु सहभागी रहेका छन ।

प्रशिक्षकहरुमा त्रीचन्द्र क्याम्पसका उपाप्रध्यपक डा खड्का नारायण श्रेष्ठ ,अन्तर्राष्ट्रिय माउन्टेन गाइड छिरिङ जाङ्बु शेर्पा ,माउन्टेन लिडार केशर श्रेष्ठ रहेको बताईएको छ ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ७ : ०६ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.