२५ कार्तिक २०८१, आइतबार | Mon Nov 11 2024

माननियहरूलाई जनताको भन्दापनि खुस्किएको पदको चिन्ता धेरै परिरहेको छ: नेकपा नेता किराँती



अनुज खड्का
माघ २०, सोलुखुम्बु ।

नेकपा सोलुखुम्बुका नेता महेश किराँतीले अहिले प्रतिगमन भनेर हिड्ने माननियहरूलाई जनताको भन्दापनी खुस्किएको पदको चिन्ता धेरै रहेको बताउनुभएको छ । नेकपाको सोलुखुम्बु काठमान्डौ संम्पर्क मंचले काठमान्डौमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता किराँतीले यस्तो बताउनुभएको हो ।

गत निर्वाचन जित्न ठुलै धनराशि खर्चिएका माननियहरूले तत्कालिन खर्च अब कसरी उठाउने भनेर नै प्रतिगमनको बाहनामा जनतालाई भ्रमित गरिरहेको किराँतीको जिकिर छ ।
संसद पुनःस्थापना गर्छु भन्दै २०/२५ जना सडकमा उफ्रीदैमा संसद पुनःर्स्थापना नहुने समेत उहाँले दाबी गर्नुभयो ।

नेकपाको एकता यति छिट्टै फुटमा पुग्ला भन्ने आफूलाई नलागेको भएपनी तत्कालिन परिस्थितिलाई स्विकारेर अगाडि बढ्नुपर्ने स्थिती आएको उहाँको भनाई छ । नाम र चिन्हको आधिकारिकताका सवालमा सडकमा जति नै उफ्रीएपनि यसको निर्णय केहिदिनमै आउने पनि उहाँले बताउनुभयो । त्यसैले घोषित निर्वाचनका लागि सबै तम्तयार रहन समेत किराँतीले आग्रह गर्नुभयो ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ५ : ०० बजे


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.