५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

संसारबाट लखेटिएको कम्युनिस्टलाई अब नेपाली काङ्ग्रेसले नेपालबाट पनि लखेट्छ: काङ्ग्रेस नेता शेर्पा



अनुज खड्का
माघ १९, सोलुखुम्बु

नेपाली काङ्ग्रेस सोलुखुम्बुका पुर्व सभापती आङ्गेलु शेर्पाले अब काङ्ग्रेसले नेपालबाट पनि कम्युनिस्टलाई लखेट्ने बताउनुभएको छ । आज सल्लेरीमा आयोजित भ्रातृसंगठनहरूको बिरोध कार्यक्रमलाई सम्बोधन गर्दै शेर्पाले यस्तो बताउनुभएको हो ।

संसारबाट कम्युनिस्ट सखाप भईसकेको भन्दै नेता शेर्पाले अब नेपालमा बचेकुचेको टुक्राटाक्री कम्युनिस्टलाई पनि काङ्ग्रेसले लखेट्ने बताउभएको हो । अलोकतान्त्रिक कम्युनिस्टहरू नेपालको लागि आवस्यकता नभएको बताउदै शेर्पाले कम्युनिस्ट बिहिन नेपालको परिकल्पना काङ्ग्रेसले गरिसकेको बताउनुभयो ।

सम्बोधनकै क्रममा नेता शेर्पाले राज्यका प्रशासनिक निकायले कम्युनिस्टको आदेशमा काङ्ग्रेसका भ्रातृसंगठनका कार्यकर्तालाई दायाबाया गरे कठालोमा समातेर कुर्सीबाट फ्याक्ने ठाडो चेतावनी समेत दिनुभयो । संगसंगै नेपाली काङ्ग्रेसका प्रत्यक नेता तथा कार्यकर्ता पनि लोकतान्त्रिक विधि र पद्धतिमा रहन शेर्पाले आग्रह गर्नुभयो ।

 

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ४ : ५८ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.